तीन साताअघि प्रधानमन्त्रीको सम्बोधनमा विदेशमा भएका नेपालीलाई एकै पटक ल्याउन नसकिने कुरा आएको थियो । यसमा व्यवस्थापन एक ठाउँमा अर्को कोरोनाको डर । खासगरी नेपालमा अहिले देखिएको कोरोनामा अधिकतम रुपमा विदेशबाट आएकाहरूमार्फत छिरेको देखिन्छ । न्युनतम रुपमा नेपालमै रहेकामा पनि देखिएको छ । प्रधानमन्त्री भईसकेका बाबुराम भट्टराईले बिदेशमा भएका नेपालीले यस्तो म्यासेज पठाए भनेर हरेक दिनजसो टुईटरमा लेखिराखेका छन् । सबै कुरामा आफ्नो विचार राख्ने र अरुले बोले अल्पज्ञानी देख्ने भट्टराईले एउटा व्यक्तिको मेसेज देखाएर सरकारलाई भनिराख्न भन्दा कुनै गतिलो ढाँचा बनाएर सरकार बुझाए राम्रो हुन्थ्यो होला ।
बिदेशमा भएका मान्छे ल्याउन किन गाह्रो भइरहेको छ । त्यसमा देशभित्र कोरोना संक्रमण देखिएका केही दर्जन मान्छेको व्यवस्थापनमा देखिएको कठिनाईका कारण धेरैलाई व्यवस्थापन गर्न नसकिने देखेरै होला । अघिपछि आफ्ना अस्पतालमा सबै सुविधा भएको देखाउने निजी अस्पतालले यो बेला ढोकामा ताल्चा ठोकेर बसेका छन् भने । ग्राण्डीजस्तो अस्पतालले आफ्नै कर्मचारीलाई कोरोनाको संक्रमण भएपछि पाटन अस्पताल पठाएको छ, जसले गर्दा सरकार एक्लैलाई कठिन पक्कै छ । बेलायतमा पनि कोरोनाको कारण एकैदिन एक हजारका दरले मर्न थालेपछि यहाँका निजी अस्पतालहरुले आठ सय ओटा बेड र अन्य सामाग्री दिएर सरकारलाई सहयोग गरेका थिए । नेपालमा त्यो संस्कार देखिएन । सरकारले बिदेशबाट आएका सबैबाट कोरोना आउँछ भन्ने सोच्न भएन र सरकार भनेझै बिदेशका चालिस लाख पनि आउने होईनन् । बिदेशमा आफन्त भेट्न गएका, सरकारी वा गैरसरकारी संस्थामार्फत कुनै कार्यक्रममा गएका, उपचारका लागि गएका छन् । यसका साथै खाडी एवं अन्य ठाउँमा श्रमका लागि पुगेका र त्यहाँ कोरोनाका कारण जागिर नभको वा यो बेला आफ्नै देशमा फर्कन चाहेका आदी छन् । हालै अर्थमन्त्रीले अब ल्याउन सकिने भनेर बजेट पनि छुट्टाउने काम भयो । अब ल्याउन संयन्त्र के त ? कसरी सकिएला ?
त्यसका लागि पहिलो कदम जुन–जुन देशमा दूताबास एवं काउन्सुलर सेवा छन् त्यहाँका राजदूतहरूले सोही देशमा रहेका सम्पुर्ण नेपाली संघसस्था र राजनैतिक दलका भातृ संगठनलाई राखी एउटा समिति गठन गर्ने र समय तोकेर ति संस्थालाई नेपाल जानै पर्नेहरूको नामावली संकलन गर्न लगाउने । यसरी नामावली संकलन गर्दा निज व्यक्तिको नेपालको घरको सबै विवरण लिने । भ्रमणमा आएका, श्रमका लागी आएका, को कसरी आए वा पहिलैदेखि त्यो देशमा बस्दै आएका र नेपाल बिदामा जान खोजेका साथै उमेरसहित पुर्ण विवरण लिने र कति जरुरी छ त्यो पनि उल्लेख गरेर तोकिएको समयभित्र यता संघसस्थाले विवरण लिन्छन् । दूताबासले नेपालमा र सम्बनधित देशको परराष्ट्रसंग समन्वय गर्दै गर्ने । तोकिएको समयमा सबैको संकलित तथ्याङक नेपालमा पठाउने । यो बीचमा छुटफुट विवरण यता लिँदै गर्ने । अब देशलाई प्राथमिकता दिएर पठाउन थाल्ने । जस्तोः एनआरएनएले समेत वास्ता नगरेका सार्क राष्ट्रबाट थालनी गर्ने । यसो गर्दा कतिपय देशमा लकडाउनले जाहज नै नचलेको भए । कति समयपछि गराउने टुङगो लगाउन ।
काठमाण्डौमा पठाएको तथ्याङकहरू हेरेर जिल्लाअनुसार जिल्ला पठाउने । जो नेपाल गएर कहाँ बस्छु भनेर विवरण दिँदा भनेको छ सोही अनुसार जानकारी गराउने । पहिलो चरणमा कति जना कहाँबाट आउँदै थाहा पाएपछि स्थानीय सरकारले क्वारेन्टाईनको व्यवस्था गर्ने र अन्य सामाग्री जोहो गर्दै गर्ने । अब विदेशमा भएका कतिपय जो पैसाका अभावमा जानै नसक्ने हुन्भने दूताबासको संयोजकत्वमा गठित उक्त माथी उल्लेखित समितिले पैसा पनि उठाउने । जसमा धेरैजसो जिल्लाका समाज छन् । जातिय वा अन्य समाजबाट पैसा उठाएर नेपाल पठाउन सहयोग गर्ने । काठमाण्डौमा यो ठाउँबाट यति जना आए भनेपछि स्थानीय तहबाट सके काठमाण्डौ पठाएर सुरक्षित तवर लाने वा काठमाण्डौबाट गएका समुहलाई नाकामा बसेर सम्बन्धित ठाउँमा पठाउने । अब गाउँमा वा शहरमा खाली रहेका घर वा अन्य भवनका संरचना प्रयोगमा ल्याउने र खाध्यान्न पनि सकिन्छ भने दिने । गाउँकाले थोरै–थोरै दिँदा धेरै उठ्छ, यसरी खाने व्यवस्था मिलाउने । वडाले स्थानीय स्वास्थ चौकीलाई जिम्मा दिने स्वास्थ चौकीले स्वाब जाँच एवं अन्यका लागी जिल्लामा र जिल्लाले प्रदेशमा पठाउने र नतिजा आएपछि आईसोलेशन गर्ने । यसमा गृहकार्य गरे सकिन्छ ।





