आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

किसान र उपभोक्ता दुब्लाउने, बिचौलिया मोटाउने

किसान र उपभोक्ता दुब्लाउने, बिचौलिया मोटाउने


  • दुर्गा भण्डारी
  • जेष्ठ २२ २०७७, बिहिबार

डिसेम्बरको अन्त्यमा चीनको बुआनबाट शुरु भएको कोरोना भाइरसका कारण संसारभर ३ लाखभन्दा बढी मान्छे मरेका छन् । यो संक्रमण अझै कति समय कायम रहन्छ भन्न सकिने अवस्था छैन । कोभिड १९ नियन्त्रणका लागि भ्याक्सीन बनिसकेको छैन । नत यसको कुनै औषधि नै छ । कोभिड १९ को संक्रमण भएका, अति जोखिममा परेकाहरुको ठूलो संख्यामा भेन्टिलेटरमा राखेर उपचार गर्ने हैसियत पनि छैन । कोभिड १९ बारे प्रत्येक आफै नागरिक सचेत हुन जरुरी छ । डब्लुएचओको निर्देशन तथा सरकारको सुचनामा ध्यानदिनु पर्दछ । सामाजिक दूरी कायम गर्ने, बाहिर हिड्दा माक्स स्यानीटाइजर र पन्जाको प्रयोग गर्ने । ती चिजहरुको पुन प्रयोग नगर्ने र स्वास्थ्यमा ध्यान दिने गर्नुपर्दछ । म लाई त केही हुँदैन भन्दै जथाभावी हिड्दा क्यारिअरलाई केही नभए पनि समुदायका अति जोखिममा रहेका वर्गहरुलाई नोक्सानी पु¥याउन सक्छ । संसारका धेरै देशमा भाइरस क्यारीअर (संक्रमण ल्याउने) बाँच्ने र अन्य स्थानीयहरु मर्ने अवस्था देखिएको छ । कोभिड १९ बारे संसारभर नै गलत र त्रासदीपूर्ण अफवाहहरु फैलाइएका छन् । जुन कुरा अनुसन्धानमा आधारित हँुदैन । जसका कारण धेरै मानिसहरु भ्रममा परेका छन् । नेपालमा बिभिन्न खालका संचारमाध्यम समाचार, सामाजिक संजालबाट आफ्नो स्वार्थका लागि अफवाह फैलाउने काम भएको छ । कोभिड १९ लाई सुरुमा धेरै नै हाउगुजी बनाइयो । संक्रमितलाई अपराधीको रुपमा चित्रित गरियो । समाचारहरुमा पनि संक्रमितहरु लुकेर बसेका छन्, प्रहरीले पक्राउ गरेको जस्ता शब्दावली प्रयोग भए र अझै पनि भइरहेका छन् । कतिपय ठाउमा संक्रमितहरुलाई आफ्नो क्षेत्रमा क्वारेन्टाईनमा बस्न नदिएका घटनाहरु छन् ।
कोरोना सम्बन्धि सही सूचना नभएकोले संसार नै आक्रान्त बनेको छ । यस्तो महामारीका बेला नागरिकलाई भ्रमपूर्ण सूचना दिएर आफ्नो निहित स्वार्थ पुरा गर्न केही ब्यक्तिहरु लागिपरेका छन् । सामाजिक संजाल केही अनलाइन र युट्युबरहरुले आफ्नो भ्यूवर बढाउन र पैसा आर्जन गर्न भ्रमपूर्ण सुचनाको खेती गर्न थालेका छन् । राजनैतिक ब्यक्ति तथा अन्य ब्यापारिक समुहहरुको पनि केहि न केही स्वार्थ लुकेको हुुन्छ । धेरैको ब्यापारिक स्वार्थ गासिएको हुन्छ । संकटका बेला नागरिकलाई कसरी सुबिधा प्रदान गर्नेतर्फ भन्दपनि माफियासँग साठगाठ गरेको पाइन्छ । यस्तै घटना भएको छ, पोखरामा, गत जेठ १५ गते चितवन, धादिङ, कपिलबस्तु लगायतका जिल्लाबाट आएका ६ ट्रक तरकारी तथा फलफूल खाल्टो खनेर गाडिएको छ । ती फलफूल र तरकारीबाटबाट कोरोना सर्छ भन्दै खाल्डो खनेर पुरिएको छ । पोखरा महानगरपालिका वडा नं १५ र वडा नं ३३ का अध्यक्षहरु अध्यक्ष प्रकाश पौडेल र शिवराज आर्चाय नेतृत्वको टोलीले छुट्ट छुट्टै ठाउमा गोलभँेडालगायत ६ ट्रक तरकारी डोजरले खाल्डो खनेर पुरेको हो । सुन्दा पनि कति उदेक लाग्दो घटना ! यता पोखेलीहरु महंगोमा तरकारी किन्न बाध्य छन् । उता वडाध्यक्ष भने खाल्टो खनेर तरकारी गाड्छन् ,कति ठूलो अपराध ! कोरोना कुनकुन चीजबाट सर्छ भन्ने सन्देश उनले वडाबासीलाई दिनुपर्ने ठाउमा उल्टै भ्रम छर्ने काम गरेका छन् । पहिलो कुरा, कोरोना भाइरस अहिले सम्म तरकारीबाट सरेको प्रमाणित भएको छैन । दोस्रा,े यो महामारी अहिलेसम्म समुदायमा सरेको छैन । तेस्रो, निर्जिव बस्तुमा कोरोनाको बिषाणु लामो समय टिक्न सक्दैन । चौथा,े संक्रमित किसानले उत्पादन गरेको नै भए पनि २४ घन्टाभन्दा बढी स्टोर गरेर बिक्री गरिन्छ । कास्कीको उत्पादनले मात्रै यहाको माग पु¥याउन सक्ने अवस्था छैन । सक्ने भए यो बेलामा बजारमा तरकारीको हाहाकार हुँदैनथ्यो । पोखरा महानगर सरकारले नेपाल कै किसानले उत्पादन गरेका तरकारी र फलफूल नष्ट गरेर के सन्देश दिन खोजेको हो । यसै पनि कास्की सबै खाद्यान्नमा आत्मनिर्भर छैन । खाद्यान्न तरकारी सबै आयात गर्नुपर्छ । महानगरले सबै नगरवासीलाई तरकारी फलफूल कसरी सरसफाई गर्ने र खानेबारे सन्देशमुलक जानकारी दिनुपर्छ । न कि बिचौलियाको हित हुने गरी तरकारी र फलफूल खाल्टो खनेर गाड्ने काम गरोस् । यसै त नेपाली किसानले उत्पादन गरेको तरकारीले भाउ नपाएको अवस्था छ । ढुवानीको ब्यवस्था नहँुदा किसानका तरकारी फलफूल, बारीमा त्यसै कुहिएर खेर गएका छन् । पोखरामा फलफूल तथा तरकारीमा बिचौलियाहरु वर्षौँदेखि हावी भएका छन् । यो बेलामा नेपालकै किसानले उत्पादन गरेका तरकारी नष्ट गरेर उपभोक्तालाई महंगोमा तरकारी किन्न बाध्य पार्नु कसै गरे पनि क्ष्यम्य नहुने अपराध हो । कृषि तथा पशुपंक्षी मन्त्रालयले किसानले उत्पादन गरेका तरकारी नष्ट नगर्न आग्रह गरेको छ । कोरोनन संक्रमण तरकारीबाट हुन्छ भन्ने कुनै आधार नभएको स्पष्ट पारेको छ । संक्रामक रोग विशेषज्ञले पनि तरकारीबाट कोरोना सरेको भेटिएको छैन भनी स्पष्ट पारेका छन् । यो बेला अनावश्यक हल्ला फैलाउनु जनतालाई महंगोमा बेच्ने नियत हो । एक हप्ता अघिसम्म तरकारी मूल्य कम भएर पोखरेली उपभोक्ताले अलिकति राहत महसुस गरेका थिए । अहिले यो तरकारी खाल्डामा गाड्ने प्रकरणले एकतिर किसानलाई निरुत्साहित बनाउको छ भने अर्को तर्फ उपभोक्ताले महंगी र कालोबजारीको मारमा पर्नुपरेको छ । पोखरामा तराई र देशका अन्य भागबाट तरकारी र कृषि उत्पादन भित्र्याउन नदिएर कृतिम अभाव खडा गर्ने खेल हो । यसै पनि लकडाउनले गर्दा किसानले उत्पादन गरेका तरकारी बजारमा आउन पाएको छैन । उपभोक्ताले चर्काे मूल्य तिरेर खान बाध्य बनाइएको बारे जनप्रतिनिधि र प्रशासनको ध्यानाकर्षण भएको छैन । जनप्रतिनिधिको नाममा वडाध्यक्ष सहितको भीडले कोरोना भाइरसको आड लिएर जे जसो गरे पनि हुन्छ भन्ने देखिएको छ । नागरिकले यो बेलामा महानगर र प्रदेश सरकारको अनुभूति गर्न पाएका छैनन् ।
लकडाउनले गर्दा जनताको चुल्हो बल्ल गाह्रो परेको बेला खाद्यय फलफूल तथा तरकारीको सहज आपूर्ति गर्नुपर्ने बेलामा आएका तरकारी फलफूल समेत नष्ट गरी जनतालाई कष्ट दिने नियत देखिएको छ । यो गतिविधिले मूल्यबृद्धि, तस्करी कालोबजारी मौलाएको छ । सारा राज्य ध्यान कोरोना नियन्त्रणमा छ । वडाध्यक्षको नियत कोराना नियन्त्रण बहानाबाजी मात्रै हो । कोरोना आर्थिक गतिविधि ठप्प भएको बेला कृषिका काम निर्बाध संचालन गर्न सरकारले आब्हान गरेका र कृषिमा जोड दिएको छ । सरकारले किसानले उत्पादन गरेका उत्पादनलाई सहजरूपमा बजारमा ल्याउन सबै संयन्त्र परिचालन गर्नुपर्दछ । स्थानीय सरकारले किसान र उपभोक्ताबीच समन्वय गरेर बिचौलीयाबिरुद्ध खडा हुनुपर्ने अवस्था वडाध्यक्षको यो गतिबिधीले सतप्रतिशत बिचौलिया मोटाउने काम गरेको छ । किसानको तरकारी फलफूल सस्तोमा किनेर बिचौलियाले सतप्रतिशत नाफा खाएर उपभोक्तालाई महंगोमा बिक्री गर्ने गरिएको छ । बिचौलियाको हालीमुहाली रहने अवस्था स्थानिय सरकार र प्रशासनले हटाउन सक्नु पर्दछ । तर स्थानिय सरकार यो बिषयमा सम्वेदनशिल छैन । वडाध्यक्षहरुले भिडतन्त्रको आड लिएर कोरोना नियन्त्रणको बहानामा खाल्टो खनेर तरकारी तथा फलफूल गाड्ने कामले किसान र उपभोक्ता दुब्लाउने, बिचौलिया मोटाउने अवस्था हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->