सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाड र ढोरपाटनका संक्रमितको उपचार अन्यौल

बडिगाड र ढोरपाटनका संक्रमितको उपचार अन्यौल

संक्रमित सबै भारतबाट आएका


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७७, आइतबार

बागलुङ, २५ जेठ– आईसोलेसन तयार नभएकाले आईतवार बागलुङमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको उपचार कहाँ गर्ने भन्ने बिषयमा अन्यौल भएको छ ।
बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका क्वारेन्टाइनमा बसेका दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालका आईसोलेसनका शैया भरीएका छन् । बैकल्पिक ठाउँको खोजी गर्ने निर्णय गरेको जिल्ला कमाण्ड पोष्टले आईसोलेसन तयार गर्न नसक्दा बिरामीको उपचार अनिश्चित बन्दै गएको छ ।
‘हामी बैठक बसेर तयारी गर्दै छौं’ आईतवार बिहान टेलिफोनमा कमाण्ड पोष्ट संयोजक गौलोचन शैंजूले भने ‘धौलागिरी क्याम्पसमा राख्ने तयारी पनि हुँदै छ ।’ बडिगाड गाउँपालिकाको भानु माध्यमिक विद्यालय क्वारेन्टाईनमा ५ जना, बुद्ध माध्यमिक विद्यालय क्वारेन्टाईनमा ४ जना र ढोरपाटन नगरपालिकाको अधिकारीचौर क्वारेन्टाईनमा १ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट आएका दर्जनौको बिचमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएको छ ।
‘यहाँ पनि साथीहरु बसेर सल्लाह गर्दै हुनुहुन्छ, मुकाम लाने बिषयमा पनि छलफल चल्दै छ’ खर्वाङमा रहेका जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले भने ‘पहिले तयारी नहुँदा समस्या भैरहेको छ ।’ जिल्ला कमाण्ड पोष्टले धौलागिरी बहुमुखी क्याम्पसमानै आईसोलेसन बिस्तार गरेर उनिहरुलाई राख्न सकिने बताएको छ । धौलागिरी अस्पताल बागलुङमा १६ जना मात्रै राख्न मिल्ने आइसोलेसन कक्ष छ । त्यसलाई बढाएर बढीमा २४ जनासम्म राख्न मिल्ने बनाइएको छ । तर आईतवार पुष्टि भएका सबै संक्रमित यहाँ अट्दैनन् । संक्रमित सबै भारतबाट आएका स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->