बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २ २०७७, मंगलबार

बागलुङ, २ असार– नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही स्वास्थ्य संस्था र क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । सोमबार एक कार्यक्रम विच शर्माले आफ्नै गाउँमा रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रको साथमा गाउँमा रहेका नौ वटा क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक पिपिई सहित स्वास्थ्य सामाग्री हस्तान्तण गरेका हुन ।
शर्माले देशमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढदै गएको र स्वास्थ्य क्षेत्रमा यसले झनै जोखिम बढाउँदै गएको हुँदा यसमा केही राहत पुगोस भन्ने उद्देश्यले थोरै मात्रामा भए पनि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताए । उनले ग्लोब्स १ हजार १ सय थान, मास्क ५ सय ५० थान, स्वास्थ्य संस्थाका लागि एक÷एक पिपिई सेट, ११ बोत्तल सेनिटाईजर, २२ प्याकेट हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले संकटको बेलामा आफ्नो जन्मदिन मनाउने खर्चले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको नित्तान्त सरायिन कार्य रहेको बताए । उनले यो बेला सवै मिलेर कोरोना संक्रमणको चुनौतिको सामाना गर्नका लागि सजक हुनेपर्ने बताए ।
हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जैदिका सभापति बमबहादुर क्षत्री, जैदि स्वास्थ्य चौकीका स्वास्थ्य संस्था प्रमुख झलकराज आचार्य, वडा सदस्य विमला सुनार, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल, शारदा प्राविका प्रअ अरुण पौडेल क्यारेन्टिन व्यवस्थापनको तर्फबाट तमसम राना र मनोज चालिसे लगायतले बालेका थिए । कार्यक्रम जैमिनी नगरपालिका– ७ जैदिका वडा अध्यक्ष जितबहादुर रानाको अध्यक्ष वडा सदस्य कुमारी रानाको स्वाग रसानाकिसान सहकारी संस्थाका अध्यक्ष लोकराज शर्माको संचालनमा सम्पन्न भएको थियो । शर्माले विगतका वर्षमा पनि विद्यालयका लागि शैक्षिक सामाग्री र कम्प्युटरहरु सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->