आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

हाम्रो शैक्षिक प्रणाली, कोरोना र अनलाईन शिक्षा

हाम्रो शैक्षिक प्रणाली, कोरोना र अनलाईन शिक्षा


  • टीकाबहादुर कार्की
  • असार ५ २०७७, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण प्रभावसंगै एसईई र कक्षा ११, १२ लगायतका उच्च तहको शैक्षिक सत्रका निर्धारित परीक्षाहरु धमाधम स्थगित मात्र भएनन्, मानिस भेला जम्मा हुने सबै कार्यक्रम, यातायात, औषधी उपचार लगायतका अत्यावश्यक सेवा बाहेक सबै कार्यहरु २०७६ सालको चैत ११ गते देखि लागु भएको लकडाउनले बन्द भए । रेडियो, टिभि, अनलाईन समाचारका साथै फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालहरु कोरोना भाईरसको बिबरण अपडेट गर्दै समाचार तथा सचेतना सामाग्री प्रसारण गर्नमै व्यस्त रहे । कोरोना कहरका बीच एकाध संबेदनशील घटना दुर्घटनाका समाचारहरु बाहेक सबैको ध्यान र व्यवस्थापन कोरोना संक्रमणको तथ्याङ्क अपडेट, संक्रमण नियन्त्रण र रोकथाममै केन्द्रीत भैरहेको अहिलेको अवस्था छ । शिक्षाको नाममा कोरोना संक्रमण, मृत्य र नियन्त्रणको तथ्याङ्क सुचना, पिपिईको प्रयोग, सचेतना र अत्यावश्यक सेवाको संचालन र केही दुरुपयोगका घटना अनलाईन समाचार, सामाजिक संजालमा पढ्न पाईयो । मानव समाजमा व्यक्तिगत र संस्थागत बिकास र प्रगतिको पुर्वाधार (जग) को रुपमा रहेको व्यवस्थित शिक्षाको ज्योती लकडाउनसंगै निभ्दा लाखौ बिद्यार्थीको जीवन अन्धाकारको भुमरीमा परेको जस्तो लागिरहेको छ । निजी शैक्षिक संस्थाले अनलाईनबाट आफ्ना शैक्षिक कृयाकलाप संचालन गरिरहेको तर नेपालकै उच्च तहको सरकारी स्तरको शैक्षिक संस्था त्रिभुवन बिश्वबिद्यालय र सो अन्तरगतका आंगिक क्याम्पसहरुका स्नातक तहमा समेत अनलाईन शिक्षा प्रयोगमा आउन नसकेको भनेर बुझिन आएको यस अबस्थामा अभिभावकलाई कलिला नानी बाबुहरुको उज्ववल भबिष्यको आकांक्षा संगै शिक्षादिक्षा दिएर आफ्नो रोजगारीमा गुजारा चलाईरहेका आदरणिय गुरुहरु पनि अन्यौलमै रहनुभएको पाईयो । कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ईन्टरनेट, डाटा लगायतका प्रबिधिको व्यवस्थापन, उपयुक्त स्थानको छनौट र अन्य वातावरणीय प्रभावबाट मुक्त भए मात्र अनलाईन शिक्षाबाट लाभ लिन सकिन्छ, जसका लागि सबैको सहयोग आवश्यक छ । अब वर्तमान स्थितिको सेरोफेरोमा अनलाईन शिक्षा बिषयमा चर्चा गरौं ।
के हो अनलाईन शिक्षा ?
निश्चित समय तालिका र विषयवस्तुमा विद्यार्थी र शिक्षकहरुले आफुलाई उपयुक्त हुने स्थानबाटै, विभिन्न प्रविधिहरु, इन्टरनेट एप्लिकेसन, टेलिफोन र कम्प्युटरको प्रयोगबाट गरिने अध्ययन र अध्यापन अनलाईन शिक्षा हो । कुनै अनलाईन शिक्षाहरु विश्वविद्यालयमा सम्बन्धन प्राप्त विषयहरु हुन्छन् र अन्त्यमा शैक्षिक प्रमाणपत्र पनि प्रदान गर्दछन् । यी कोर्सहरु निःशुल्क वा विषयअनुसार शुल्क सहितका हुन्छन् ।
नियमित कोर्सहरुको जस्तै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य भएको अनलाईन कोर्समा सिकाई प्रक्रिया, शिक्षक र विद्यार्थीहरुविच प्रत्यक्ष अन्तरक्रियाबाट नभई इन्टरनेट एप्लिकेशनहरुको माध्यमबाट सिकाई हुने गर्दछ । अनलाईन शिक्षामा कक्षा संचालन, शिक्षकको निर्देशन, गृहकार्य तथा अन्य अभ्यासहरु प्राय इन्टरनेटमानै पुरा गरिन्छ ्र त्यस्तैगरी विद्यार्थी र शिक्षक निश्चित ठाउँको आधारमा नभई क्षमता र इच्छाको आधारमा आवद्ध हुने गर्दछन् । नियमित कोर्षको दाजोमा अनलाईन शिक्षा आफैमा लचकदार हुनुको साथै प्राय शुल्कपनि महँगो हुदैन ।
श्रोत साधनको अबस्था
कम्प्युटर, ल्यापटप, स्मार्ट फोन लगायतका बिद्युतीय सामाग्री, सम्बन्धित वाईफाई, स्काईनेट, डाटा प्याक लगायत आवश्यक सामाग्री, शिक्षण बिधि, शिक्षकलाई तालीम, बिद्यार्थीलाई तालीम तथा अभ्यासका साथै प्राविधिक सहयोगको अनुकुल व्यवस्थापन गर्न आवश्यक छ । हामीकहां सुगम स्थानमा रहेका केही शिक्षकहरुले धमाधम अनलाईन शिक्षा बिधी सम्बन्धी तालिम लिईरहंदा दुरदराजमा रहेका शिक्षकहरु अन्यौलमै छन् भन्दा फरक नपर्ला ।
घोक्नु पर्ने बिषय शिक्षकका लागी प्रवचन बिधिको उपयोग सहज होला तर गणित, बिज्ञान लगायतका सुत्र एवं प्रयोगात्मक अभ्यास गरेर देखाउनु पर्ने बिषयका शिक्षकका लागि सफ्टवेयर, त्यसको प्रयोग बिधीको क्षमता समेत आवश्यक पर्छ । तर गरिबी र मोबाईल डाटा पनि नचल्ने दुर्गम स्थानमा शिक्षक र बिद्यार्थीका लागी शैक्षिक सामाग्री सहितको उपयुक्त कोठा, चार्जिङ, प्राबिधीक सहयोग लगायतका अत्यावश्यक एवं अतिरिक्त सुबिधाको संभावना देखिंदैन । यसतर्फ न्यनूतम व्यवस्थापन पनि नगरी अनलाईन शिक्षा संचालन गर्दा बिभेदको स्थिती देखापर्ने हुँदा समबन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ ।
नियमन, व्यवस्थापन र अनुगमनको आवश्यकता
कोरोना कहरको यस बिषम परिस्थितिका बिचमा अबोध बिद्यार्थी देखि शिक्षक सम्म अनलाईन पाठ्यक्रम, पाठ्य सामाग्री, प्रबिधि तथा दक्ष प्राबिधिकको व्यबस्थापन, सरकारी निकायबाट नीतिगत निर्णय तथा नियम निर्माण र जिम्मेवारी सहितको व्यबस्थापनद्वारा चेतनशिल बर्गलाई सही ट्रयाकमा हिडाउन सकिएन भने स्थितीले फरक मोड लिन सक्छ । बिद्यार्थी ज्ञानका ज्योति मात्र होईनन्, हरेक परिवारका लागी संचार तथा सभ्यताका मेसेन्जर अर्थात दुत पनि हुन् । व्यवस्थित शिक्षा प्रणालीद्वारा बिद्यार्थीलाई ट्रयाकमा राख्नासाथ अबिभावक लगायतको अधिकांश बर्ग स्वत सकारात्मक ट्रयाकमा रहन बाध्य हुन्छ । प्रत्यक्ष रुपमा समबन्धित अबिभावकका साथै शिक्षासंग समबन्धित पदाधीकारीद्वारा अनुगमनको जिम्मेवारी सुम्पिदा बिद्यार्थीहरु ईन्टरनेटको दुरुपयोग, साईबर बुलिङ, पोर्न साईड एवं साईबर एट्याक लगायतका खतराबाट बच्दछन् । कोरोना बिरुद्द सचेतनाका साथै शैक्षिक गतिबिधीलाई नियमित तथा व्यवस्थित रुपमा अनलाईन शिक्षा संचालन आजको आवश्यकता मात्र नभई आगामि दिनहरुमा शिक्षक र बिद्यार्थी दुबैका लागि अनलाईनबाटै आफ्ना जिज्ञासाको समाधान गर्न सक्ने भरपर्दो माध्यम बन्न हुँदा समय सापेक्ष पाठ्यक्रम र पाठ्य सामाग्रीको बिकासका साथै शिक्षकमा दक्षता अभिवृद्धि गर्दै अनलाईन शिक्षा नियमन गर्न आवश्यक छ । यसका लागि सवैको ध्यान पुग्न सकेमा अनलाइन शिक्षा हल्लामा मात्रै सिमित हुनै छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->