शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७७, शनिबार

बागलुङ, ६ असार– बागलुङ जिल्लाका ८ जनासहित गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, म्याग्दी, तनहुँ, नवलपुर, गारेखा, कास्की र स्याङजा जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । बागलुङको काठेखोला गाउँपालिकाका सात पुरुष र एक महिला, म्याग्दीको मालिका गाउँपालिकाका एक पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमित भेटिएका जिल्लामध्ये तनहुँका मात्रै २५ जनामा रहेका छन् । उनीहरु सबै पुरुष हुन् । तनहुँको ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा २, र शुक्लागण्डकी नगरपालिकामा २ जना संक्रमित थपिएका हुन् । यस्तै, नवलपुरको बुलुङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा एक, मध्यविन्दु नगरपालिकामा दुई, विनयत्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै पुरुष हुन् ।
यस्तै, गोरखाको भीमसेन नगरपालिकामा पाँच, स्याङ्जाका एक पुरुष र कास्कीको मादी गाउँपालिका एक पुरुष र एक १९ महिने बालिकामा संक्रमण देखिएको हो । शनिबार बिहान थपिएका ५८ जनासँगै गण्डकीमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->