सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा एक करोडको लागतमा सभागृह बन्ने

गलकोटमा एक करोडको लागतमा सभागृह बन्ने


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७७, आइतबार

बागलुङ, ७ असार– बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभागृह’ बन्ने भएको छ । एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरिन् । सो अवसरमा उपप्रमुख काउचाले सभाहल निर्माणमा नगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता जनाइन् । नगरको आवश्यकताको रुपमा रहेको सभागृहले यस क्षेत्रमा गरिने कार्यक्रमको लागि ठूलो टेवा पुग्ने काउचाको भनाई छ । एक सय ५० जना अट्ने क्षमताको सभाहल आगामी दुई वर्षभित्र बनाइसक्ने योजना रहेको निर्माण समितिका अध्यक्ष थम्मन थापाले बताए । सभाकक्षसहित कार्यालय, प्रतीक्षाकक्ष, अतिथिकक्ष, शौचालय लगायतका संरचना समेत सभाहलमा निर्माण हुनेछन् । सभाहलकालागि गण्डकी प्रदेशको भौतिक मन्त्रालयले चालु आवमा १५ लाख बजेट विनियोजन गरेको थियो । यस्तै, घुम्टे युवा परिवार जापान शाखाले ६ लाख उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए ।
तीनै तहका सरकारसहित अन्य सहयोगदाताबाट आर्थिक सहायता जुटाएर सभाहल निर्माणलाई पूर्णता दिइने अध्यक्ष थापाको भनाई छ । नगरस्तरको सुविधायुक्त सभाहल बनाउने सपना साकार हुन लागेको उनले बताए । विसं २०७५ सालमा घुम्टे युवा परिवारले सभाहल निर्माणका लागि पहल अगाडि बढाएको थियो । सोही वर्षको फागुपूर्णिमा मेला एवं घुयुपको वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका भौतिकयोजना मन्त्री रामशरण बस्नेतसमक्ष बजेटका लागि मागपत्र बुझाइएको थियो । मन्त्री बस्नेतले आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्टाउने आवश्वासन दिलाएको अध्यक्ष थापाको भनाई छ । वडाध्यक्ष टीकाबहादुर थापाले पनि वडाको योजना र बजेटमा सभाहललाई समेट्ने प्रतिवद्वता जनाए । सभाहल पछि वडाकै स्वामित्वमा रहने जनाइएको छ । सभाहल निर्माणका लागि वडासदस्य लोकबहादुर थापा, समाजसेवी हरिदत्त गौतम, राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष दलबहादुर थापा, स्थानीयवासी भक्तबहादुर थापा, कमला थापा र प्रकाश थापाले झण्डै तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->