बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमु सञ्चारकर्मीहरुलाई सहयोग

तमु सञ्चारकर्मीहरुलाई सहयोग


  • Dhorpatan News
  • असार ८ २०७७, सोमबार

पोखरा, ८ असार – कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ज्याकेट २२ हजार ५ सय बराबरको रहेको छ ।
तमू सञ्चारकर्मीहरुलाई ज्याकेट प्रदान गर्दै फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको बताइन् । ज्याकेट ग्रहण गर्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशनप्रति आभार व्यक्त गरिन् ।
फाउन्डेशनका संस्थापक हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ (मिलन) ले विशुद्ध आफनो पसिनाको कमाईबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैमा प्रशंसानीय रहेको बताइन् । यता, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गरेका छन् । मिलन फाउन्डेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि फाउन्डेशनले फोनिज गण्डकीलाई ५० हजार रुपंैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->