सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एक क्वीन्टल लागूऔषधसहित वडा अध्यक्ष पक्राउ

एक क्वीन्टल लागूऔषधसहित वडा अध्यक्ष पक्राउ


  • Dhorpatan News
  • असार १२ २०७७, शुक्रबार
Medical marijuana, dried and ready for use

बागलुङ, १२ असार– बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषध सहित वडा अध्यक्ष पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती सहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागूऔषध बिक्रीका लागि लैजादै गर्दा वडा नं. ५ बाट पक्राउ परेका हुन् ।
शुक्रवार बिहानै उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने अहिले सम्म खुलेको छैन । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेर बुर्तिवाङ बजार ल्याउ“दै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । घटनाबारे थप अनुसन्धानबाट मात्रै बिस्तृत बिवरण जानकारी हुने उनले बताए । गाउ“पालिका अध्यक्ष तारानाथ पौडेलले घटनाबारे जानकारी नपाएको बताए । सुनेपछि उनले घटनाको अध्ययन गर्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->