बागलुङ, १२ असार– अत्याधिक रक्तश्रावले जोखिममा रहेकी सुत्केरी महिलालाई हेलिकप्टरको सहयताले उद्धार गरिएको छ ।
बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ बर्षिया तिर्सना श्रीसलाई गाउँपालिकाले उद्धार गरेको हो । विहिवार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सामान्य अवस्थामै सुत्केरी भएकी श्रीसलाई रातीदेखि अत्याधिक रक्तश्राव भएपछि उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाईएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
शुक्रबार बिहानसम्म पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पठाईएको हो । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयसँगको समन्वयमा हेलिकप्टर मार्फत उनलाई अस्पताल पठाईएको छ । बच्चाको अवस्था सामान्य छ ।





