बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

पोखरा, १७ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ । दर्के झरीका बीच पोखराको चिप्लेढुंगामा भएको प्रदर्शनमा सहभागिहरुले केपी ओली जिन्दावाद, नागरिकता विधेयक पारित गर्, विदेशी हस्तक्षेप बन्द गर्, जनमतको कदर गर्, आजलाई हैन भोलिलाई पाँच वर्ष ओलीलाई भन्नेजस्ता नारा लगाइएका थिए । त्यतिमात्र कहाँ हो र ? उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दै ‘राजीनामा मात्रै मागेको भारत भन्ने मै हुँ’भन्नसमेत भ्याएका थिए ।
छाता ओडेर ओलीको समर्थनमा भेला भएकाहरुले भारतको विरोधमा छातीमा विभिन्न खाले नाराहरु पनि टाँसेका थिए । स्वतन्त्र युवा विद्यार्थीको नामबाट सामाजिक सञ्जालमार्फत् गरिएको आह्वान अनुसार जम्मा हुनेहरुमा अधिकांश युवा नै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->