बागलुङ, १९ असार– बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुका लागि पोषण तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न गरिएको छ ।
वडा कार्यालय र फेयरमेड एवं भीमापोखरा युवा क्लब बागलुङको समन्वयमा पुर्काेट, घोसा र सामा टोलका ५६ जना गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुलाई पोषण एवं सरसफाईको बारेमा जानकारी गराईएको वडा अध्यक्ष हेमेन्द्र घर्ति मगरले बताउनुभयो ।
कोरोना भाईरसको संक्रमण बढिरहेका बेला व्यक्तिगत सरसफाईमा सघाउ पुगोस् भन्ने उद्देश्यले हात धुने साबुन, ब्रस, कोलगेट तथा अण्डा वितरण गरिएको वडाध्यक्ष घर्तिले जानाकारी दिनुभयो । कार्यक्रममा फेयरमेड एवं बिवाईसीको तर्फबाट लक्ष्मी पुन, कार्यक्रम संयोजक निता कँडेल राधिका कुँवरले सहजीकरण गरेका थिए ।





