बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर नै विकासको संवाहक : अर्थमन्त्री गुरङ

कर नै विकासको संवाहक : अर्थमन्त्री गुरङ


  • ढोरपाटन संवाददाता
  • असार २० २०७७, शनिबार

पोखरा, २० असार– छलफलमा उठेको प्रश्नको जवाफ दिंदै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जति धेरै कर संकलन गर्न सकिन्छ त्यति नै विकास निर्माणका काम अघि बढाउन सकिने हुँदा कर संकलन गर्नुपर्ने बताए ।
संघबाट विपत्तीय समानीकरण, विशेष, समपुरक, सर्शत अनुदान र राजश्व बाँडफाँड भनेर आए पनि अनुदान आफूहरुको हिस्सा भएको जिकिर गरें । ‘अनुदान भनेर आउँछ । तर, कसैको दयामायाले आएको होइन । संघ सरकारको दयामायाले दिने अनुदान होइन । यो हाम्रे हिस्सा हो’, उनले भने, ‘धेरैले नबुझेर संघमै भर पर्ने भने पनि यो हाम्रो आफ्नो हिस्सा हो । जनसंख्या उपभोगको आधारमा त्यो तय हुन्छ ।’
राजश्व संकलन गर्न प्रदेशको आफ्नै क्षेत्र भए पनि त्यसको ठूलोे हिस्सा संघले राख्ने उनले सुनाए । त्यो हिस्सा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ भनेर माग गरिरहेको उनले सुनाए । प्रदेश सरकारको एकलौटी कर कृषि आय कर मात्र रहेको र १० लाखभन्दा बढी आय गर्नेलाई यो कर लागू हुने उनले सुनाए । व्यापार गर्ने नाफाबाट लिने कर भएको हुनाले तिनीहरु किसानको तहमा नरहने उनले जिकिर गरें ।
अर्थमन्त्री गुरुङले कर डरले नै तिरिने जिकिर गरे । उनले स्वेच्छाले दिइने रकमलाई दानको संज्ञा दिए । दानले विकास सम्भवन नहुने उनको तर्क छ ।
स्थानीय तहसँग मिलेर करका क्षेत्र नियमन गर्ने कार्यविधि ल्याएको उनले सुनाए । पर्यटन, यातायत लगायतका क्षेत्रलाई नियमन गरेर करको दायरमा ल्याउन नसकिएको उनले सुनाए । चालु आर्थिक वर्षमा कर प्राप्तिको लक्ष्य कोभिडको कारण पूरा नभए पनि गएको वर्ष लक्ष्यभन्दा बढी लक्ष प्राप्ति गरेको बताए । चालु आर्थिक वर्षमा पनि असारसम्म धेरै नजिक पुग्ने अपेक्षा लिइएको उनले सुनाए । आगामी आर्थिक वर्षमा स्रोत व्यवसथापन गरेर धेरै कुराको व्यवस्थित हुनेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->