शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

निमित्त निर्देशक सुवेदीका अनुसार उनका ६ वर्षका छोराको रिपोर्ट भने शंकास्पद आएकाले पुनः स्वाव संकलन गरिनेछ ।


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– आइतवार ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ बर्षिया युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको प्रादेशिक प्रयोगशालाले जनाएको छ । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आई बसेका उनको आइतवार बिहान मृत्यु भएको थियो । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । कोरोना रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने तयारी भैरहेको छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्नेछ । गण्डकी प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका अनुसार उनका ६ वर्षका छोरोको रिपोर्ट भने शंकास्पद आएकाले पुनः स्वाव संकलन गरिनेछ । श्रीमति र परिवारका केही सदस्यमा भने कोरोना नरहेको पुष्टि भएको छ । बागलुङमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->