सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

८४ हिंसा पीडित र २ हजार १ सयको निशुल्क उपचार

८४ हिंसा पीडित र २ हजार १ सयको निशुल्क उपचार


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

बागलुङ, २६ असार– धौलागिरी अञ्चल अस्पतालको अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा चालु बर्ष ८४ जना पिडितले सेवा लिएका छन् । अघिल्लो बषृको तुलनामा यो घटेको हो । लकडाउनको कारण पिडितहरु अस्पतालमा नआएकोले संख्या घटेको देखिएको हो ।
गत बर्ष यो केन्द्रमा १ सय ३६ पिडितले उपचार गराएका थिए । चालु बर्ष आएका पिडित मध्ये १७ जना पुरुष छन् । घरेलु हिंसा, यौनजन्य हिंसा, खानलाउन नदिएका लगायतका समस्यामा परेका मानिस यहाँ आइपुग्छन् । ती कारणले घटना भएका, कुटपिटमा परेका, अंगभंग भएकालाई अस्पतालले निशुल्क उपचार, खानेबस्ने व्यवस्था गर्छ ।
यो केन्द्रमा आइसकेका सबै पिडितको कानूनी उपचार समेत निशुल्क हुने गरेको केन्द्र प्रमुख देवी भट्टराईले बताइन् । अस्पतालमा आइसकेपछि उनीहरुको पहिचान गोप्य राखिन्छ । गोप्य अबस्थामै मनोसामाजिक बिमर्श गराउने र औषधि उपचार गराएपछि यातायात खर्च समेत दिएर घर पठाउने गरिएको छ । यो व्यवस्थाले पिडितले सहजै न्याय र उपचार पाउने पद्दतीको बिकास भएको छ ।
शुक्रवार केन्द्रले आयोजना गरेको बार्षिक समीक्षाको अवसरमा भट्टराईले पिडित मध्ये दलीत ४३ जना, जनजाती २५ जना र अन्य १६ जना छन् । ती मध्ये १६ जना बलात्कार पिडितहरु रहेका छन् । त्यस्तै ३३ जना यौन हिंसा र २९ जना घरेलु हिंसामा परेको भेटिएको भट्टराईले जानकारी दिइन् । अस्पतालमा आइसकेपछि उपचार हुन नसकेको खण्डमा रिफर गरेर अन्य अस्पतालमा समेत पठाउने व्यवस्थापन गरिएको छ । चालु बर्ष १६ लाख रुपैयाँ बजेट मार्फत केन्द्र संचालन भएको थियो । केन्द्रमा भट्टराई मात्रै मनोसामाजिक बिमर्शदाता भएकोले चौबिसै घण्टा खटिने समस्या परेको समेत बताइन् । उक्त केन्द्रमा अन्य दक्ष स्वास्थ्यकर्मीको माग समेत भएको छ ।
कार्यक्रममा अस्पतालले दिने सामाजिक सुरक्षा कार्यक्रमको बारेमा पनि प्रस्तुतीकरण गरिएको थियो । अस्पतालमा सूचना अधिकारी तीर्थ गौतमले चालु बर्ष २ हजार १ सय ३३ जनालाइ सामाजिक सुरक्षा तर्फ निशुल्क उपचार सेवा दिइएको बताए । आर्थिक अबस्था कमजोर भएका, दलीत, जनजाती वा अन्य जातीकै भएपनि यो सेवा प्रवाह गरिन्छ ।
बिशेषगरी कुनै अत्यावस्यक सेवा देखि नियमित सेवाका लागि पनि उनीहरु आउँदा बिपन्नता, अपांगता, दलीत वा पिछडिएको क्षेत्र समेतको पत्ता लागेमा अस्पतालले स्वास्थ्य परीक्षण, एकसरे सेवा देखि उपचारमा पनि निशुल्क गराउने गरेको छ । जेष्ठ नागरिक र असहाय महिला भएपनि यहाँ निशुल्क सेवा प्रवाह हुने गरेको छ । मासिक २ सय जनाको दरले यो सेवा लिनेहरु अस्पतालमा आउने गरेका छन् । लकडाउन र कोरोना कहरले यो केही घटेको छ । तरपनि अस्पतालले सडकमा अलपत्र परेकालाइ समेत ल्याएर उपचार गरी पठाउने गरेको छ ।
कार्यक्रममा अस्पतालमा मेडिकल सुपरिटेष्ण्डेन्ट डा. शैलेन्द्र पोखरेलले सामाजिक सुरक्षाको क्रियाकलापमा अस्पतालले दायित्व बोध गरेपछि संख्या पनि बढीरहेको बताए । ‘मानवीय संवेदनशिलतालाई बुझेर उपचार दिंदा अत्यावस्यक व्यक्तिलाई राहत पुगेको छ’ उनले भने, ‘राज्यले दिने निशुल्क औषधि बाहेकका सेवामा पनि साथ र सहयोग गरिरहेका छौं ।’ स्वास्थ्य बीमा तर्फ भने केही असहज अबस्था आएको उनले बताए । बीमा कार्यक्रम सरकारी भएपनि केही व्यवसायिकतामा ढल्केको उनको टिप्पणी थियो । अस्पतालका सूचना अधिकारी तीर्थ गौतमको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले पनि अस्पतालले पछिल्लो समयमा गरेको सेवा र कामको प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->