पोखरा, २७ असार– कास्की जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोमा परि ज्यान गुमाउनेहरुलाई जनही १ लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पोखराका विभिन्न ठाउँमा भएको घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्काल १ लाख नगद र राहत दिने निर्णय गरेको हो ।
यसैगरी, बैठकले नदी किनारा र जोखिमयुक्त बस्तीहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्ने, उद्दारको लागि ठूला मेसिनहरु र एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । मौषम पूर्वानुमान विभागले अझै केही दिन भारी वर्षा हुने बताएकाले सर्तक रहन समितिले नागरिकहरुसँग आग्रह पनि गरेको छ ।





