सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गृह तानिए शैंजु, बागलुङको जिम्मेबारी न्यौपानेलाई

गृह तानिए शैंजु, बागलुङको जिम्मेबारी न्यौपानेलाई


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

बागलुङ, ३० असार– छ महिना पहिले बागलुङ आएका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजु गृह मन्त्रालयमा सरुवा भएका छन् । शैंजुलाई गृहमा तानेर बागलुङ प्रशासन प्रमुखको रुपमा सुरेश न्यौपानेलाई पठाउने तयारी गृहले थालेको छ ।
गृहका अनुसार, महामारीको समयमा जिल्लाको कमाण्ड धान्न नसकेको भन्दै शैंजुलाई मन्त्रालय तानिएको हो । संैजुलाई गृह तानिएको र नयाँ प्रजिअको रुपमा गृहबाट सुरेश न्यौपानेलाई पठाउन लागिएको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालय बागलुङ स्रोतले बताएको छ ।
‘बाहिर गाईंगुई सुनिएको हो, मन्त्रालयमा खटाएको भन्ने कुरा सुनेको छु आधिकारिक केही आएको छैन्’ शैंजुले भने ‘नयाँ को आउनुहुन्छ मलाई थाहा हुने कुरा भएन् ।’ गृहका अनुसार, बुधबार बिहानसम्म आधिकारिक पत्राचार गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->