सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पोखराबाट पक्राउ

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पोखराबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०७७, बुधबार

बागलुङ, ३१ असार– बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।
ढोरपाटन नगरपालिकाको एक बिकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनस् पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रबक्ता मेघनाथ रिजालले बताए ।
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आँफुले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए । सुराकीको आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको रिजालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->