बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जातीय अहंकारले सर्वनाश निम्त्याउँछ : पुर्वमन्त्री अधिकारी

जातीय अहंकारले सर्वनाश निम्त्याउँछ : पुर्वमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

पोखरा, ४ साउन– संघीय संसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले जातीय अहंकारले सर्वनाश निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै संसद अधिकारीले संविधानले जातीय विभेद नमान्ने भएकोले कसैले पनि संविधान विरोधी काम गर्न नहुने बताए ।
‘जातीय र धार्मिक विभेद संविधान विरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।’ संसद अधिकारीले भने–‘जातीय एवं धार्मिक समानता र स्वतन्त्रता, सहितको समाजवाद उन्मुख संविधान निर्माण गरीएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले उत्तिकै साथ दिनुपर्छ ।’
आफ्नो समाज भवन निर्माण गरेकोमा समाजलाई बधाई ज्ञापन गर्दै सांसद अधिकारीले सामाजिक कुरिती र बिसंगतिहरु हटाउन समाजले महत्वपुर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद एवं गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले कानुनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनको लागि समाजिक चेतनास्तर पनि माथी उठाउनुपर्नेमा जोड दिए । यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नवनिर्मित भवन समाजको उन्नती प्रगतीका लागि उपयोग गर्न सुझाव दिंदै आईपर्ने हरेक कार्यमा गाउँपालिका सदैव सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराईलीले पछिल्लो समय दलित समुदायको मुद्दालाई अझै पेचिलो बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको बताए । उनले दलितमाथि हुने विभेद अझै समाजबाट हट्न नसकेको उल्लेख गर्दै यसो हुनुमा राजनीतिक दलहरुको पनि हात रहेको बताए ।
कार्यक्रममा वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, समाजका सल्लाहकार ऋषि सुनार, समाजका पुर्वअध्यक्ष गिरबहादुर विश्वकर्मा, कलाकार महेश गोदार, सदिक्षा सुनार लगायतले बोलेका थिए भने कार्यक्रम संयोजक दुर्गाबहादुर सुनारले भावि योजना सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष राजु सुनारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष लाल ब. विश्वकर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण सुनारले गरेका थिए । कुल ५८ लाख २० हजार लागत रहेको उक्त समाज भवन निर्माणका लागी स्थानियस्तरमा देउसी भैलो एवं चन्दा संकलन गरिनुका साथै सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साविक रुपाकोट गाविस, साविक लेखनाथ नगरपालिका लगायतले वजेट विनियोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->