सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरो पीडितलाई युवाहरुको स्वस्फुर्त राहत

पहिरो पीडितलाई युवाहरुको स्वस्फुर्त राहत


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

बागलुङ, ४ साउन– गत असार तीस गते बर्षासँगै आएको पहिरोका कारण बिस्थापित भएका पैञ्युथन्थापका ८ परिवारको लागि राहत रकम हस्तान्तरण गरिएको छ ।
बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडितलाई युवाहरुले देश बिदेशमा स्वस्फुर्त रुपमा संकलन गरेको एक लाख रुपैयाँ राहत रकम आईतवार हस्तान्तरण गरिएको हो ।
रोजगारीको शिलशिलामा न्युजल्याण्डमा रहेका देवराज आचार्यको सक्रियतामा संकलित ८० हजार रुपैयाँ र बागलुङ बजारमा बिभिन्न कामको शिलशिलामा रहेका पैञ्युथन्थापको टाउका निवासी युवाहरुको सक्रियतामा जम्मा भएको २० हजार रुपैयाँ गरी एक लाख रुपैयाँ पीडित परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको हो ।
आईतबार पैञ्युथन्थापको सहरातेमा शरण लिएर बसेका पिप्लेका ८ परिवारका सदस्यले पहिरोले पारेको प्रभावका आधारमा राहत रकम पाएका छन् । पहिरोले घरगोठ भत्काएका टिकाराम आचार्यलाई युवाहरुले जम्मा गरेको रकमबाट ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका अभियान्ता शालिग्राम शर्माले बताए ।
गोठ बगाएकी राधादेवी उपाध्यायलाई २५ हजार र अरु पाँच परिवार बिस्थापितको लागि पाँच पाँच हजार रुपैयाँको दरले राहत रकम उपलव्ध गराईएको शर्माले बताए ।
राहत रकम पाउनेमा प्रेम प्रसाद आचार्य, दुर्गा प्रसाद आचार्य, भवानी प्रसाद आचार्य, अम्मर बहादुर आचार्य र छविलाल जिसी रहेका छन् । पिप्लेमै बस्दै आएका सुकुम्बासी खगेश्वर पाध्यालाई युवाहरुले दश हजार रुपैयाँ उपलव्ध गराएका छन् ।
छिमेकमा परेको दुखका बेला सघाउनु दायित्व भएको भन्दै पैञ्युथन्थापको टाउका, पिप्पले लगायतका छिमेकी गाउँका युवाहरुले सहयोग अभियान चलाईरहेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै टाउकाका स्थानीय तथा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बगेका घर पुनःनिर्माणको लागि जग्गाको व्यवस्थापनका लागि राहत रकमको सदुपयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->