म्याग्दी, ९ साउन – गत असार २५ गते आएको भीषण बाढी र पहिरोबाट विस्थापित भएका १ हजार भन्दा बढीलाई नेपाली कांग्रेस म्याग्दीका युवा नेताहरुले नीजि खर्चमा साढे सात लाख रुपैयाँ भन्दा बढीको जिन्सी सहयोग गरेका छन् ।
बाढी पहिरोबाट प्रभावित भएका जिल्लाका अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विस्थापित भएका र आफन्तलाई गुमाएका धवलागिरी गाउँपालिका–६ मराङ, वडा नं ७ धारापानी, मालिका गाउँपालिका–७ बिम र रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेका १ हजार बढी प्रभावितहरुलाई हेलिकोप्टरमार्फत बीहिबार घटनास्थलमा नै पुगेर युवा नेताहरुले राहत वितरण गरेका हुन् ।
बाढी पहिरोले घरबार र आफन्त विहीन भएका बालबालिका, महिला र बद्धबद्धाहरुलाई साढे सात लाख रुपैयाँ भन्दा बढीका कपडा, चप्पल, गम्बुट, सुत्ने म्याटेस लगायतका जिन्सी साम्रागी सहयोग गरिएको नेपाली कांग्रेस म्याग्दीका सदस्य केवि भण्डारीले जानकारी दिए ।
बाढीपहिरोबाट विस्थापित भएकालाई खाद्यान्न साम्रागी प्रयाप्त भएपनि लत्ताकपडा, सुत्ने विस्तारको अभाव भएको जानकारी पाए लगत्तै नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य केवि भण्डारी, ओम छन्त्याल, रघुगंगा–८ कुईनेमंगलेका अध्यक्ष गमान छन्त्याल, बेनी नगर सभापति अनोद श्रेष्ठ, समाजसेवी मन्दिरा श्रेष्ठ र राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुनको निजी लगानीमा एयर डाइनेष्ट्रिक हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमै पु्गेर साम्रागी हस्तान्तरण गरिएको बेनपा–८ का वडा सदस्य समेत रहनुभएका पुनले बताए । उनका अनुसार हेलिप्टरको खर्च बाहेक उक्त रकम बराबरको साम्रागी वितरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य एवम् यूवा नेता केवी भण्डारीले म्याग्देली जनताको सुखःदुखमा पार्टीसँगै ब्यक्तिगत खर्चमा समेत समस्या समाधानमा अग्रसर हुने बताए ।





