बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा महानगरले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्दै

पोखरा महानगरले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्दै


  • ढोरपाटन संबाददाता
  • साउन १० २०७७, शनिबार

पोखरा, १० साउन -कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको हो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सो अध्ययन सामग्री वितरण गर्न लागिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा साउन ११ र १२ गते विभिन्न ८ वटा वडामा रहेका विद्यार्थीलाई अध्ययन सामग्री वितरण गर्न लागिएको हो । साउन ११ गते वडा नम्बर ३३ का सबै विद्यालयका विद्यार्थीलाई शान्ति उदय मावि बरपाण्डेथुमबाट अध्ययन सामग्री वितरण गरिने छ ।
यसैगरी साउन ११ गते नै वडा नम्बर २३ का सबै विद्यार्थीलाई सिद्धवराह मावि माझथुमबाट, वडा नम्बर २४ का विद्यार्थीलाई वडा कार्यालयबाट, वडा नम्बर २८ का विद्यार्थीहरुलाई जनज्योति माविबाट गते अध्ययन सामग्री वितरण गरिने छ ।
साउन १२ गते वडा नम्बर २५ का विद्यार्थीलाई गौरीशंकर मावि हेम्जा, वडा नम्बर २२ का विद्यार्थीलाई लक्ष्मी आधारभूत विद्यालय पुम्दीबाट, वडा नम्बर ३१ का विद्यार्थीलाई अमरसिद्ध मावि पचभैयाबाट, वडा नम्बर २१ का सबै विद्यार्थीलाई वडा कार्यालय २१ को कृष्तीबाट अध्ययन सामग्री वितरण गरिने आचार्यले बताए । पोखरा महानगरपालिकाका ३३ वटै वडाका विद्यार्थीहरुलाई सो अध्ययन सामग्री वितरण गरिने आचार्यले बताए । ८ वटा वडामा पहिलो चरणमा ५ हजार ६ जना विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गरिने छ ।
आचार्यका अनुसार पुस्तक वितरणसँगै अभिभावकसँग अन्तक्र्रिया कार्यक्रम समेत राखिएको छ । विद्यालय जान नपाएका विद्यालयलाई लक्षित गरी पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->