आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राजनीति होइन राष्ट्रियता सिकाउने शिक्षा

राजनीति होइन राष्ट्रियता सिकाउने शिक्षा


  • काशीराम पौडेल
  • साउन ११ २०७७, आइतबार

अचेल सडक, टोल, चिया पसल, सामाजिक संजाल र सार्वजनिक स्थलतिर जम्मा हुने प्राय ः सबै मान्छेहरु भन्ने गर्छन्– यो व्यवस्थाले भएन अब आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ र अब राजनीति जरैदेखी सफाई गर्नुपर्छ । सबै व्यवस्था बदल्नु पर्छ । लौ हुन्छ मानौला, अभियान वा आन्दोलन नै शुरु गरौला, राजनीति सफा मात्र हैन भयंकर जनमतले नेता र राजनीति नै सफा गरौंला ।
तर, खै त त्यसो गर्न सक्ने नेतृत्व ? त्यो व्यक्ति जसले देश बदल्ने अभियान विकास र आर्थिक योजनाको भिजन ल्याओस् ! खै समृद्धिको योजना ? खै युवालाई विकासका योजनामा लगाउन सक्ने उत्प्रेरित आवाज र नेतृत्वको तयारी ?
त्यसै बोलेर हुन्छ ? २००७ सालदेखिको आन्दोलन र परिवर्तनले २०१७ सालसम्म के–के उपलब्धि भयो ? त्यो इतिहासको प्रसंग खोतल्न किन कन्जुस्याइँ ? २०४६ सालमा आन्दोलनको आँधीबेहरिले ल्याएको बहुदलीय व्यवस्थाले के कति देश बन्यो, आर्थिक समृद्धिले कसरी फड्को मार्यो, त्यसले कस्तो दिशानिर्देश ग¥यो ? त्यता मुल्यांकन गर्ने कि नगर्ने ?
इन्डियन नेता र राजनीतिलाई निम्ता दिएर चरम भ्रष्ट भएको नेपाली राजनीतिभित्र बहुदलसंगै निजीकरणको खुलाबजार अर्थतन्त्रको प्रभाव र फलस्वरूप भएभरको सरकारी कल–कारखाना, यातायात र नदीनालामा व्यापारीकरण गरेर सिध्याउनु, सरकारी धन, राष्ट्रिय सम्पत्ति हत्ताउनबाहेक के–के परिवर्तन भो ? सायद नेपाली आम नागरिक सबैले लेखाजोखा गरेकै छैन । हुनत ः यति लेख्दै गर्दा राजावादी भन्ने आरोपसमेत आउन सक्छ । चाहे राजामा होस, चाहे नेता, जो कुनै होस । यदि देशको अद्भुत माया छैन भने त्यो देशको लागि उपयुक्त हुन सक्दै–सक्दैन ।
२०४८ सालको सरकारमा भएको नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द, किचलो र सत्ता स्वार्थमा देशले गति लिन सकेन । त्यसपछि झन् २०५२ देखि २०६२÷६३ सम्मको माओवादी क्रान्तिले त झनै तहसनहस बनायो । अलिकति बाँकी बसेका उद्योग, सरकारी धन सम्पत्तिको नाङ्गो रुपमा खरानी बनाइयो । त्यो योजनावद्व कार्यान्वयन थियो भनेर जनताले यतिबेला बुझे, जसले देशलाई माथि उठ्न नै दिएन । जसमा भारतीय भूमिमै तत्कालीन विद्रोही नेताले शरण लिदै तिनैले दिएको हतियार र युरोपेली क्रिश्चियन आइएनजिओको सहयोगमा नेपालमा विध्वंस गरेको घटनाको तथ्यांक त पटक पटक इन्डियनहरु साथै डाक्टर के. बि. रोकायले खुलासा गरिरहेका छन् ।
माओवादी क्रान्ति चरमउत्कर्षमा पुगेको बेला ज्ञानेन्द्र सरकारले कर्फ्यु लगाएर माओवादी समाम्त हुनै लाग्दा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि ०६२÷६३ महान जनआन्दोलनले नै राजतन्त्र समाप्त भयो र गणतन्त्रसंगै संघीयताको उदय भयो । १७ हजार जनताको रगतले सिंचाइ गरेको गणतन्त्र नेपाल भुमिमा आन्तरिक कलह वैदेशिक हस्तक्षेप युवा पलायनभन्दा जनताले के पाए ? यस्तो डरलाग्दो तथ्यांक नबिर्सिउ जहाँ द्वन्दको समयमा पनि देशभर २ सय मेनपावर कम्पनी नभएको देशमा एकाएक ६ हजार संख्याको हाराहारीमा कसरी भयो ? र, त्यसै ताका अमेरिकाले दिदै आएको डिभीको कोटासमेत बढाएको थियो, त्यसलाई आज आएर मन्थन गर्दा देशलाई माथी उठ्नै नदिने चाल रहेछ भनेर प्रष्ट बुझियो ! त्यसले पनि नेता, तिनका आफन्त र वरिपरिका कार्यकर्ता अनि २०६३ पछि उदाएका नवधनाढ्यहरुले बाहेक आजसम्म जनताले वास्तविक गणतन्त्र र संघीयताको महसुससम्म गरेका छैनन् । आज गणतन्त्रसंगै हामी नेपालीमा नेपालीपन भने हराउँदै गएको छ । नेपालीहरु अब नेपाली रहेनन्, अचेल त नेपाली हैन माओवादी, एमाले, कांग्रेस, राप्रपासंगै मधेसवादी भएका छन् । वास्तविक शान्तिको महसुस हामीले गर्नै बाँकी छ । सक्षम र शिक्षित युबा वेरोजगार, ऋण अनि चरम निराशाले विदेश पलायन हुने लहर चलेको छ भने नेता र तिनका कार्यकर्ता राज्य दोहन गर्ने लहरले नेपाल वैदेशिक ऋणले उठ्न नसक्ने गरि थला परिरहेको छ ।
च्याउभन्दा बढि खुलेका राजनीति पार्टी, सामाजिक अभियन्ता, राजनीति अभियान्ताका नयाँ–नयाँ अनुहार देखिन थालेको को छ । वा, भनौ व्यक्तिवादी दल खोलेका छन् । अनैतिक राजनीति नारा जुलुस गरेर सडकमा उफ्रिनु, युट्युबमा अराजकता र उत्तेजना फैलाउने भिडियो अपलोड गर्दै फेसबुक र युट्युबमा ती वस्तु तथा आफ्नो फोटो सेयर गर भनेर उर्दी जारी गर्ने, समाजिक सद्भाव भड्काउने अभियान्तालाई जनताले बेलैमा चिन्नुपर्छ । आजको यो प्राविधि र स्वतन्त्रको युगमा सडकमा अराजक युवा जमात उचालेर, टायर बालेर नेपाल बन्द गर्दै एक नेपालीले अर्को नेपालीको हत्या गरेर फेरि देश बनाउँछु भनेर तर्क राख्नु कतिको तर्क संगत छ ? यसरी देश बन्छ ? त्यस्ता गतिरोध देशले धान्न सक्दैन ।
अभियन्ता र व्यक्तिवादी दलका नेता र तिनीहरुका अभियान कस्ले चलाएको र कसरी चलेको छ भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । तिनलाई दातृ निकाय, नेपाली आफैले या पश्चिमा एनजिओ÷आइनजिओको युरो र डलर खेती गर्नेले चलाएको छ भन्ने प्रश्न गम्भीर छ ? निजी र अंग्रेजी स्कुल कलेजमा पढेका शिक्षित भनिएका युवा–युवती र जनप्रतिनिधीलाई आफ्नो देशको जम्मा भुगोल वास्तविक इतिहास, देशको प्रदेश, अञ्चल र जिल्लासमेत थाहा छैन । अब गम्भीर भएर सोच्नै पर्ने बेला भएको छ । हामीले हाम्रा सन्तानलाई कस्तो शिक्षा दिएका छौं । कस्तो राष्ट्रियतामा बाँच्न उत्प्रेरित गरेका छौं । आफ्ना नीति नियमका पुस्तक जलाएर सांस्कृतिक धरोहर भत्काएर कस्तो नैतिकता दिँदैछौ ?
अझै दुखलाग्दो कुरा त के छ भने, केही बौद्धिक जमातहरु भन्ने गर्छन्– हाम्रो देश बरु इन्डिया र चिनले लग्यो भने कमसेकम ५० हजारमा २२० सिसीको बाइक चढ्न पाईन्छ, भन्ने तर्क गर्छन्, सपना देख्छन् । (५० हजारको बाईकको लागि स्वतन्त्रता, अस्तित्व र स्वाभिमान बन्धक राख्न चाहने नेपाली नागरिकताधारी जमात छ । हाम्रा पू्र्खाले तिनको ५० हजारमा बाईक चढ्ने रहर र सपना पूरा गर्न बलिदान दिएका हुन् ? बुर्जुवा शिक्षा जलाएर ल्याएको अंग्रेजी र आजको आधुनिक शिक्षाले दिएको असली राष्ट्रियता यस्तो देखियो ! यसको परिमार्जन गर्नुपर्ने सबैभन्दा ठूलो जिम्मेवारी राज्यको हो ।
हाम्रो सँस्कृती र पृथ्वीनारायण शाहको सालिक ढालेर ! देशले के पायो ? बरु तिनैको बुर्जुवा शिक्षा जलाउनेका सन्तान भने पढेर अमेरिकी र बेलायती विश्वविद्यालयमा मेरा छोराछोरीको ग्रज्याजुएट सेरमोनी भन्दै कालो टोपीमा सेल्फी खिचाएका तस्बिर सामाजिक सन्जालमा भेटियो, जनताले हेर्न पाए ? अनि देश भित्रको यस्तो राष्ट्रियता बोकेका जनतासंगै एकथान देशभक्त बसेको देश हो नेपाल ।
अहिलेका उच्च शिक्षा पढ्दै गरेका युवापिंढी विद्यार्थीलाई कसैले पनि भविष्यमा के बन्ने भनेर सोध्यो भने उनीहरुबाट आउने उत्तरमा झन् निराशाबाहेक केही पाईदैन । उनीहरुको रेडिमेट जवाफ हो– मेरा आफन्त उतै छन्, म नि त्यतै जाने हो । बरु उतै जाने नेपालमा केही छैन, यहाँ बसेर भविष्य कस्ले बिगार्छ । यसरी आउने उत्तर सुनिरहँदा कुन देशभक्त नेपालीको मन कटक्क खाँदैन । कति सजिलै भन्न सक्छन्– ‘यो देशमा केही छैन भनेर ? राज्यले शिक्षा, स्वास्थ्यमा गरेको लगानी..? यहि प्रश्न २०५५÷५६ सालतिर युवालाई सोध्दा उनीहरुको जवाफ हुन्थ्यो । हामी त ठूलो भएपछि नेपाली पुलिस, आर्मी बन्ने वा पढेर डाक्टर, ईन्जिनियर बन्ने । यो सम्पुर्ण कुरा आम बौद्धिक वर्गले अनुभव गरेको छ । तर, मौन छन् ।
हो ठिक यस्तै परिस्थितिमा देशप्रेमी जनशक्ति उत्पादन गर्नु देश समाज र व्यक्तिको दायित्व हुन आउँछ । अहिलेको आधुनिक शिक्षामा राज्यको लगानी पुरै पैसालाई झोलामा हालेर खहरेखोलामा बगाएको वा बालुवाको पानीजस्तै भएको छ । राजनीतिले विद्ययालयदेखि नै पार्टीको कार्यकर्ता हुन सिकाउँछ तर राष्ट्रियता र नेपाली हुन सिकाउदैन । अनि कसरी बन्छ देश ? अनि किन लाग्छ देशको माया । भो अब नेपाली नेता कार्यकर्ता र तिनका राजनीतिका कुरा नगरौं । बाँकी देशमा आफ्नो देश र राष्ट्रियता बाहेकका राजनीति र चुनावप्रति जनताको चासो करिब शुन्यप्राय ः नै छ । तर नेपालीको राष्ट्रियताको त कुरा नगरौं । विदेशी हस्तक्षेपलाई ख्याल नगरी सरकार ढाल्ने । एकले अर्कोलाई सिध्याउन आफू सत्तामा पुग्ने दौडाहा प्रवृत्ति उदेकलाग्दो छ । वर्तमान राजनीतिको शीर्षस्थानको खिचातानीबाट जनतामा अर्को चरम निराशा छ ।
हाल उत्पन्न भएको धार्मिकस्थल र धर्मप्रतिको कुराले नेपाल भारतको टकराब र उत्पन्न परिस्थिती हेरौ । श्रीराम नेपालमा हैन कि भारतमै जन्मेकै हो भनेर ठोकुवा गर्ने जमातको हर्कतको मुल्यांकन गर्दा बडो अनौठो राष्ट्रियता बोकेका छौ, जबकी सीता माता अयोध्याको श्रीरामसंग विवाह भएको हो न कि भारतीय रामसंग भएको हो । अब अयोध्या र रामायणको यथार्थ र मर्यादा पुरुष श्री रामलाई बुझ्ने कि आन्दोलन गरेर पुत्ला जलाउने ? फेरी तिनै धर्म छाडाहरुलाई सजिलो पार्ने ?
नास्तिकले उठाएको प्रसंग सहि ! तर देशमा धर्म संस्कृती संरक्षण गर्न लागिपर्ने कि आन्दोलन र विरोध गर्ने ? धर्म भनेको आफैमा नैतिकता र आत्मबोध हो ? यसको महत्व युगौ युगसम्म रहन्छ । संसारमा पहिचान मास्ने हर्कत भएको घटमा प्रष्ट छ । मध्य युरोपको नरसंहार, अफ्रिकीहरुको हत्या र नेपाली धर्म परिवर्तनको श्रृंखला एकआपसमा सम्बन्धित छ भनेर नेपालीले कहिले बुझ्ने ?
अनि हाम्रो देशको सुरक्षा संयन्त्र कस्तो छ, देशका नेता कस्ता छन्m तितो वास्तबिकता बुझ्न ‘श्रीरामको प्रसंगले प्रष्ट पार्छ । श्रीराम र अयोध्याको विवादसंगै नेपालको सिमाको स्तम्भ हराउँछ, भने सरकार कहाँ छ, सुरक्षा निकाय कहाँ छ अनि हाम्रो भौगोलिक स्वतन्त्रता कहाँ छ । हरेक नेपालीलाई उद्देलित पार्ने विषय हो ? देशभक्त नेपालीले सहने विषय हैन तर जसले बोल्न पर्ने त्यसले नबोल्ने हाम्रो पुरानो र दलिय गुलामी प्रवृत्तिको निरन्तरता सबै सामु छर्लङ्ग छ ।
अबको मुख्य प्रश्न भनेको देश समाजको नैतिक जिम्मेवारी र समग्र अभिभावक, राज्य र समाजको दायित्व भनेको आफ्ना सन्तान र देशको कर्णधारलाई हाम्रो वास्तविक इतिहास, नैतिकता र म नेपाली हुँ ! तिम्रो आवश्यकता यो देशको लागि छ । किन आवस्यक छ भनेर बुझाउनु अनिवार्य छ । स्वर्गीय राजा महेन्द्रले भने जस्तो म मरे पनि मेरो देश बाँची रहोस् भन्ने मुल भावना अबको युवा जन–जनमा जागरुक गराउन एकदम जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->