सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७७, सोमबार

पोखरा, १२ साउन – कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण कार्यक्रम अन्र्तगत आइतबार ५ वटा वडाभित्र रहेका विद्यालयहरुलाई सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर २८ मा महानगरका प्रमुख मानबहादुर जिसी, वडा नम्वर २४ मा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर २३ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र वडा नम्वर ३३ मा महानगर शिक्षा महाशाखा प्रमुख गरे । । पोखरा महानगरभित्र रहेका ३८ विद्यालयलाई आवश्यक सो अध्ययन सामग्रीको प्रकाशन राइट फोर चिल्ड्रेन र कक्षा १ देखि ३ सम्मको हिमालय बुद्ध फाउण्डेशनले प्रकाशनमा सहयोग गरेको र अन्य विद्यालयहरुलाई महानगरले आफनै खर्चमा सो अध्ययन पुस्तक प्रकाशन गरेको हो ।
महानगर शिक्षा महाशाखाले आइतबार ७८ विद्यालयका ४९ सय विद्यार्थीलाई सामग्री वितरण गरेको छ । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सो अध्ययन सामग्री वितरण सुरु गरिएको शिक्षा महाशाखा अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । सो अध्यक्ष पुस्तकमा ९० दिनको कार्ययोजना समावेश गरिएको पौडेलले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको र त्यसपछि शिक्षा, विकास लगायत दोश्रो चरणमा रहेको बताइन् । उनले महानगरमा रहेका १२ वटा विद्यालयमा क्वारेण्टिन रहेकको जानकारी दिँदै विद्यालयबाट क्वारेण्टिन हटाउने योजना रहेको सुनाइन् ।
। पोखरा महानगरपालिका वडा नम्वर २४ का विद्यालयहरुलाई सो अध्ययन सामग्री वितरण गदै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->