सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बचेखुचेका पर्यटक भन्छन्, ‘स्वदेश फर्किनुभन्दा नेपालमै सुरक्षित’

बचेखुचेका पर्यटक भन्छन्, ‘स्वदेश फर्किनुभन्दा नेपालमै सुरक्षित’


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७७, बुधबार

पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय मसँग छैन ।’
रोक्सी पहिलोपटक नेपाल आएकी हुन् । उनले सुनेकी थिइन् रे, नेपाल धेरै सुन्दर छ । यहाँका मान्छे पनि उत्तिकै मनकारी छन् । जति प्राकृतिक सुन्दरता नेपालमा छ । एकपटक जसरी भए पनि नेपाल भ्रमण गर्ने ठूलो रहर बोकेर आएकी रोक्सी लकडाउनको कारण नेपालमै ‘लक्ड’ छन् ।
अबको १५ दिनपछि अन्तर्राष्ट्रिय हवाई उडान खुला हुँदैछ । रोक्सीलाई १५ दिनभित्रमा नेपाल छोडेर जानुपर्ने छ । तर, उनी तत्काल नेपाल छोड्न चाहन्नन् । संक्रमितको संख्याले उनलाई तर्साउछ । घर त जसरी भए पनि जाउँला । तर, बाटैमा संक्रमित भए के गर्ने ?
रोक्सी जस्तै अहिले पोखरामा २ सय ५० जति पर्यटक छन् । जो लकडाउन अघि आएका थिए । उनीहरु भिसाको म्याद सकिएर उडान खुले लगत्तै आफ्नो देश फिर्ता हुनुपर्ने बाध्यता रहे पनि तत्काल स्वदेश फिर्ता हुन चाहन्नन् । लकडाउन अवधिभर प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिएर बसेका पर्यटकलाई लकडाउन खुलेसँगै स्वदेश फिर्ता हुनुपर्ने बाध्यताले खुबै पिरोलेको छ ।
तत्काल स्वदेश फर्कन नसक्ने र नचाहने भन्दै केही समयको लागि म्याथ थप गर्न आग्रह गरेका छन् । अमेरिका, अष्ट्रेलिया, उरुग्वे, इडली लगायत युरोपेली मुलुकका ७ पर्यटकले पोखरेली पत्रकारलाई डाकेर आफूहरुको आवाज सरकार सामू पु¥याइदिन आग्रह गरेका छन् । स्वदेश फिर्न सक्ने अवस्था नरहेको भन्दै लकडाउन अवधिको समय कभर हुने गरि वैधानिक रुपमा बस्न पाउने व्यवस्था गरिदिन उनीहरुले माग राखेका छन् । उरुग्वेका मार्टिनको पनि घर फर्किने कुराले मात्रै पनि खुट्टा काँपेका छन् । घर फर्किनसक्दै संक्रमित होइने पो हो कि भन्ने चिन्ताले उनलाई खुब पिरोलेको छ । भिसाको म्याद थपेर केही समय नेपालमै बस्न पाए सुरक्षित होइन्थ्यो कि भन्ने उनलाई लागेको छ रे !
पदयात्रा गर्ने हेतुले नेपाल आएका उनी अझैं केही समय नेपालमै बस्न चाहन्छन् । ‘म अझैं केही समय नेपालमा बस्न चाहन्छु, अहिले मेरो देशमा कोरोना संक्रमण बढीरहेको छ’, उनले भने ।नेपालमा अहिले पनि करिब १५ सय जति पर्यटक रहेको उनीहरुले दाबी गरेका थिए । विभिन्न देशबाट नेपाल घुमफिर गर्न आएका ती पर्यटकलाई आफ्नो देश फिर्ता जाने रहर छैन । नेपालमै बस्न चाहन्छन् । कोहीको भने स्वदेश फिर्ता हुन नसक्ने अवस्थामा पुगेको छ । आफ्नो देशभन्दा नेपाल नै सुरक्षित ठानेका उनीहरु देश सम्झेर भावुक पनि बनेका थिए।
उडान सुरु हुनासाथ तत्काल विदेशी पर्यटकलाई स्वदेश फिर्ता नपठाउन पश्चिमाञ्चल होटल संघले आग्रह पनि गरेको थियो । केही समय म्याद थपेर पर्यटकहरुलाई नेपालमै राख्न सके ४ महिनासम्म ठप्प बनेको पर्यटन क्षेत्रको अर्थतन्त्र पनि चलायमान हुने संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘नेपालमा रहेका अधिकांश विदेशी पर्यटकहरुले आफ्नो घरभन्दा नेपाल सुरक्षित ठानेका छन् । यात्रा र ट्रान्जिट उच्च जोखिममा रहेको अवस्थामा आफूहरु यात्राका क्रममा संक्रमित हुनेमा उनिहरु सशंकित छन्’, उनले भने । नेपाल रहनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न आफूहरु तयार रहेको र आफ्नो देशका नेपाल स्थित दूतावासलाई समेत यसका लागि पहल गर्न पर्यटकहरुले आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->