बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनताको दुःख हेर्दै विकास समिति

जनताको दुःख हेर्दै विकास समिति

निर्देशन कार्यान्वनयमा भने समस्या


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७७, मंगलबार

पोखरा, २० साउन– गण्डकीका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला अक्सर संसदीय समितिको निर्देशन पालना नभएको गुनासो सुनाउँछन् । बाढीपहिरोले पु¥याएको क्षतिको तत्काल पुनर्निर्माण गर्न उनले भौतिक पूर्वाधार विकासमन्त्रीलाई निर्देशन पनि दिइसकेका छन् । तर, गण्डकीका भौतिक पूवार्धार विकासमन्त्री रामशरण बस्नेतले बजेटको अभावमा प्राकृतिक विपत्तिबाट क्षति भएका संरचना बनाउन समस्या भएको प्रष्टिकरण दिए । प्रष्टिकरणको घुमाउरो अर्थ हो, तत्काल बाढीपहिरोले बिगारेका संरचनाको पुनर्निर्माण हुँदैन ।
आफूले दिएको निर्देशन लागु हुँदैन भन्ने विकास समितिले बुझेकै छ तर समितिले निर्देशन दिन र अनुगमन गर्न भने छाडेको छैन । यही उपक्रममा गण्डकीको अर्थ तथा विकास समितिको टोलीले बेनी–जोमसोम सडकखण्डको निरीक्षण ग¥यो । समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा सांसदहरु विनोद केसी, चन्द्रमोहन गौचन, मिनप्रसाद गुरुङ समितिका सचिव सृजना आचार्य लगायत सहभागि टोलीले बेनीदेखि गलेश्वर सम्मको सडक निरीक्षण, राहत, व्यवस्थापन र पुनस्र्थापनाका लागि भएका पहलको विषयमा जानकारी लिए । जनता र जनप्रतिनिधिहरुले गुनासाहरु पनि सुनाए ।
असार २६ गते यताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक दर्जनौ ठाउँमा अवरुद्ध बनेको छ । पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउपालिकामा ३१ जनाको मृत्यु तथा ४ जना वेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका छन् । समितिले ती सबै कुरा देख्यो र बुझ्यो । जनताको दुःख र प्राकृतिक विपत्तिले पु¥याएको भौतिक क्षति हेरेपछि सभापति कोइरालाले विकासले विनास पनि निम्त्याउन सक्ने भन्दै भन्दै अहिले विकासको मोडेलको बारेमा बहस भइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->