बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आदिवासी दिवसमा मुख्यमन्त्रीको शुभकामना

आदिवासी दिवसमा मुख्यमन्त्रीको शुभकामना


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७७, आइतबार

पोखरा, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुव्वा गुरुङले आदिबासी जनजातीको आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार सुनिश्चीत हुनुपर्ने बताएका छन् । आईतवार २६औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न दिवसले प्रेरणा प्रदान गर्ने उल्लेख गरे । लकडाउन हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण प्रदेशबासीमा आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->