बागलुङ, २५ साउन – पेशागत सुरक्षाको माग गर्दै धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्यामपस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभूवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन् । उनीहरुले बर्षौ देखि थालेको आन्दोलनप्रति त्रिविले वेवास्ता गरेको आरोप पनि लगाएका छन् ।
आंशिक प्राध्यापकको पेशागत हित र सुरक्षाको माग गर्दै लामो समयदेखि गरेको आन्दोलनप्रति त्रिवि गम्भिर नबनेको समेत आरोप लगाइएको छ । श्रमिकको सन्टुष्टीले संस्थाप्रति जिम्मेवार र जवाफदेहिता, सृजनशिलाता बढाउने भन्दै उनीहरुले श्रमिकलाई काममा लगाएर पारिश्रमिक नदिने, आफैले कानून बनाएर लागू नगर्ने लगायतको कामले आंशिक प्राध्यापकको धैर्यता टुटेको आरोप समेत लगाइएको छ ।
उनीहरुले तालबन्दीप्रति संघको केन्द्रीय समिति, मोफसल समिति र पेशागत अन्य संगठनले पनि ऐक्कबद्धता जनाएका छन् । संघका अध्यक्ष बिष्णुप्रसाद चापागाई, उपाध्यक्ष श्याम प्रसाद शर्मा र सचिव सरोजराज पन्तले हस्ताक्षर गरेको बिज्ञप्तीमा उपकुलपतिको कार्यालय, शिक्षाध्यष, रजिष्ट्रार लगायतलाई बोदार्थ पनि दिइएको छ । तालबन्दी बारे उनीहरुले त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रबादी प्राध्यापकसंघ, प्रगतिशिल प्राध्यापक संघ, राष्ट्रिय प्राध्यापक संघ र स्वतन्त्र बिद्यार्थी युनियनलाईपनि जानकारीदिएका हुन् ।




