बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुख्यमन्त्रीले गरे म्याग्दीमा निशुल्क डायलासिस सेवाको उद्घाटन

मुख्यमन्त्रीले गरे म्याग्दीमा निशुल्क डायलासिस सेवाको उद्घाटन

६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने


  • धु्रबसागर शर्मा
  • साउन २५ २०७७, आइतबार

म्याग्दी, २५ साउन – म्याग्दीको बेनी अस्पतालमा आइतबारहेमो डायलासिस सेवाको एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक प्राविधिक सहयोगमा शुरु भएको सेवाको आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरेका छन् । मृगौला रोगका बिरामीको दुवै मृगौला फेल भएपछि प्रत्यारोपण अगाडी नियमित आवश्यक पर्ने डायलासिस सेवाको अभावले बागलुङ र पोखरा जानुपर्ने जानुपर्ने बाध्यता अन्त्य भएको छ । डाइलासिस सेवाको उद्घाटन गदैं मुख्यमन्त्री गुरूङले अस्पतालमा बिरामीलाई आवश्यक पर्ने औषधी, उपकरण तथा जनशक्तीको अभाव हुन नदिने गरी सरकारले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधारको प्रयास गरेको बताए ।
‘बिरामीको आवश्यकता अनुसारको सेवा नहुने अस्पतालको अव काम छैन्,‘समस्या मात्रै देखाएर हुदैन्, समाधानका उपायहरुमा जुट्नुपर्छ’ मुख्यमन्त्री गुरूङले भने । प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पु¥याउने गरी काम गरिरहेको बताउँदै स्वास्थ्य विमा, हरेक जिल्लामा मृगौला पीडितको उपचारका लागि डाइलासिस सेवा, आइसियू सेवा लगायत जनशक्ति ब्यबस्थपन र भौतिक पुर्वाधार बिकासका लागि काम गरिरहेको बताए ।
‘अब औषधि छैन, डाक्टर छैन, उपकरण बिग्रेको छ, भोलि आउनोस् भन्ने अवस्था हुनुहुँदैन,‘संघीय सरकारबाट जिम्मेबारी हस्तान्तरण भएका क्षेत्रमा धेरै काम गरिएको छ, अझै गर्नुपर्ने पनि थु्रपै छन्’ मुख्यमन्त्री गुरूङले भने ।
सोही अवसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशभित्र धेरै मृगौलामा समस्या भएका बिरामी म्याग्दीमा भएकाले प्राथमिकताका आधारमा बेनी अस्पतालमा हेमो डायलासिस सेवा विस्तार गरिएको बताईन् ।
‘पोखराका अस्पतालमा डायलासिस सेवा लिन जाने म्याग्देलीको अवस्था देखेर निकै चिन्तित थिए,‘यो सेवाले धेरै सहज भएको छ’ मन्त्री पुनले भनिन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रयाप्त योजना सहित अगाडी बढेको बताउँदै दक्ष जनशक्ती प्रदेशभित्र नै उत्पादन गरिने बताईन् । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालमा आवश्यक जनशक्ती सहित नगरपालिकाले दिन सक्ने बजेटमा समेत प्राथमिकता दिइएको बताए । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, संविधान सभाका सदस्य नवराज शर्मा, रेशमबहादुर बानियाँ, प्रदेश सांसद विनोद केसी लगायत जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयमा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
हेमो डायलासिस सेवा उद्घाटन कार्यक्रमको अध्यक्षता तथा जानकारी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, स्वागत डा. सुरेन्द्र आचार्य , कार्यक्रमको सञ्चालन समितिका सदस्य उत्तमकुमार कर्माचार्य र समापन अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले गरेका थिए ।
डाइलासिस यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन् । पहिलो चरणमा ३ वटा बेड तयारी अवस्थामा रहेको छ । ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेकाले ३ वटाबाट सेवा दिइएको छ । मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->