सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

एक प्यारामेडिक्स र एक नर्समा संक्रमण


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७७, सोमबार

बागलुङ, २६ साउन– धौलागिरी अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये एक जना स्टाफ नर्स र एक जना प्यारामेडिक्स  (एचए) हुन् । उनीहरु दुवैजना संक्रमितको उपचारमा संलग्न थिए । केही दिनअघि जिल्लाको जैमिनी नगरपालिकाबाट काजमा धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसनमा खटिएकी स्टार्फ नर्समा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका उनीहरुसहित ३२ जनाको स्वाव आईतबार परीक्षणका लागि पठाईएको थियो । बाँकी सबैको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए । उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिने तयारी भईरहेको डा. पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->