सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीमा थपिए १० जना संक्रमित

गण्डकीमा थपिए १० जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

पोखरा, ३१ साउन– गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिएका छन् ‌। प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका–२ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका–५ र ८ का दुई जना, बागलुङको बागलुङ नगरपालिका–३ का एक जना, बडिगाड–६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका–८ का एक जनामा कोरोना पुष्टि भएको हो । थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । थप १० जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->