सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अपडेट : पहिरोले पुरिँदा २ बालकसहित ३ जनाको मृत्यु

अपडेट : पहिरोले पुरिँदा २ बालकसहित ३ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७७, शनिबार

फाईल तस्विर

बागलुङ, ३१ साउन– पहिरोले पुरिँदा बागलुङको निसीखोला गाउँपालिकामा दुइ बालक र एक वृद्दाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका– ५ का हिराबहादुर बिकको घर शुक्रवार राती २ बजे पहिरोले पुर्दा दुइ बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा हिराबहादुरका १४ बर्षिय छोरा बिरेन्द्र बिक र मामाघर आएका नाती ६ बर्षिय प्रवेश बिकको मृत्युभएको हो । उनकि ५२ बर्षिया श्रीमति दिलसरा बिक घाईते रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । उनलाई उपचारकालागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्दार गरेका थिए । शनिवार बिहान निसीखोला गाउँपालिका वडा नं. ३ धारखर्कमा पनि पहिरोले एक घर पुरेको छ । पहिरोमा परेर ७२ बर्षिय ओली कामीको मृत्यु भएको हो । पहिरोले कामीको घर पुरेको हो । उक्त घरमा को को थिए भन्ने अझै खुलेको छैन । घटनास्थल तर्फ प्रहरी टोली जाँदै गरेको वडा अध्यक्ष जुनबिक्रम शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->