काठमाण्डौ, ३१ साउन– पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १ सय २४ जना डिस्चार्ज भएका छन् । देशभर शनिबार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन् । साथै संक्रमितको सम्पर्कमा आएकाले पाँच दिन नभई परीक्षण नगर्न पनि गौतमले बताए । संक्रमितको सम्पर्कमा आएको केही समयमै परीक्षण गर्दा वास्तविक रिजल्ट नआउने मन्त्रालयले बताएको छ। शनिबार देशभर ८१९३ संक्रिय संक्रमितको संख्या रहेका गौतमले जानकारी दिए । १४ हजार ४ ४८ जना क्वारेन्टाइनमा छन् । देशभर आइसियूमा ९८ जना छन् भने भेन्टिलेटरमा ४ जना रहेका गौतमले जनाए । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त भइसकेका छन् ।





