बागलुङ, १ भदौ– विश्व विद्यालयका पदाधिकारीसँग छलफल गर्न गएको टोलीलाई पक्राउ गरिएको भन्दै बिद्यार्थीले बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।
त्रिभूवन विश्व विद्यालयको केन्द्रीय कार्यालयमा जाँदै गरेका बिद्यार्थी पक्राउको बिरोधमा नेविसंघ क्याम्पस इकाइ समितिले ताला लगाएको हो । उनीहरुले पक्राउ परेका बिद्यार्थीको रिहाइको माग समेत गरेका छन् । सोमबार बिहान नेविसंघका पदाधिकारीले क्यामपसको प्रशासनिक भवनको गेटमै ताला लगाइदिएका हुन् । त्रिभूवन विश्व बिद्यालयका पदाधिकारी स“ग छलफल गर्न गएको टोलीलाई पक्राउ गरिएको भन्दै उनीहरुले रिहाइको माग गरेका छन् । त्यस्तै बीरगंजमा कोरोना संक्रमितको उपचारमा भएको लापरबाही बिरुद्ध आबाज उठाउ“दा बिद्यार्थी नेता पक्राउ परेको घटनाको समेत उनीहरुले बिरोध गरेका छन् । बोल्न पाउने र जायज माग राख्न खोज्दा धरपकट गरिएको भन्दै उनीहरुले बिद्यार्थीहरुलाई बिनाशर्त रिहाइको माग गरेका हुन् । ‘कोरोनाको संकट कम गर्नुको साटो जनताको आबाज कुष्ठित पार्न खोजियो’ नेबिसंघ धवलागिरि बहुमुखी क्यँम्पसका अध्यक्ष दिनेश पन्तले भने, ‘वर्तमान पदाधिकारीले प्राज्ञिक म¥र्यादा पनि बचाउन सक्दैनन् ।’ पदाधिकारीकै आदेशमा बिद्यार्थी पक्राउ परेको उनले ठोकुवा गरे । क्याम्पसका प्राध्यापकलाई पनि बिद्यार्थीको अभियान र प्राज्ञिक अपमानको बिरुद्ध बिद्यार्थीको आन्दोलनमा साथ दिन आग्रह गरेका छन् ।





