काठमाडौं, १ भदौ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएअनुसार सोमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन् । आज देशभरि ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।





