शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्वारेण्टिनबाट बिदा भएकाहरुले गरे आर्थिक सहयोग

क्वारेण्टिनबाट बिदा भएकाहरुले गरे आर्थिक सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७७, शनिबार

पोखरा, ६ भदौ– ¥यालेचौरको क्वारेन्टिनबाट बिदा भएकाहरुले क्वारेण्टिनलाई सहयोग गरेका छन् । पोखरा–२० भलाम नाजिम घर भई भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका पोखरा–२० भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर बेसीमा रहेको क्वारेन्टिनमा बसेर बिदाई हुँदै गर्दा आर्थिक सहयोग गरेका हुन् ।
क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले बिदाइ गरेको थियो । क्वारेन्टिनमा सहयोग पुगोस् भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिमबहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन् ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष तथा ¥यालेचौर बेसी क्वारेन्टिन होम मुल ब्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्केपनि थप ७ दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे । क्वारेन्टिन निर्माण र ब्यवस्थापनका लागि विभिन्न ब्यक्तिहरुको साथ र सहयोग रहेको र हालै निर्माण सम्पन्न क्वारेन्टिन भवनमा ८ वटा कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको समेत अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->