शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु

कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु

पोखरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुग्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

पोखरा, ११ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलााको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पोखरामा ३ पुगेको छ ।
पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।
उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । ‘त्यस्तो कुनै रोग थिएन,’ उनले भने, ‘कोभिड नै हो । ट्राभल हिस्ट्री पनि छैन । तनहूँको बन्दिपुर पुरानो घर भई पोखरा ११ चापपानीमा बस्ने भनेर लेखाएको छ ।’
पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्री बिना नै संक्रमित हुनेको दर बढ्दो छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते निषेधाज्ञा जारी गरेको छ । दोस्रो किस्ताको निषेधाज्ञा भदौ १२ गते सकिंदै छ । निर्देशक डाक्टर आचार्यले शव व्यवस्थापनको तयारी भई रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->