शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !

डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

पोखरा, ११ भदौ – गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या वढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समेत चासो बढेको छ । पछिल्ला दिनमा संक्रमित बढ्दै जानु र ती पनि प्राय समुदायस्तरका भएपछि डब्लुएचओको ध्यान खिचेको हो । कोरोना संक्रमणका वारेमा अध्ययन गर्न स्वास्थ्य संगठनको टोली पोखरामा छ । टोली पोखरामा रहेको समयमा विहिवार विहान पोखरा-१२ की ३२ बर्षिय महिलाको मृत्यु भएको छ ।
श्वासप्रसासमा समस्या भएपछि ती ३२ बर्षिया महिला साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ ७ गते उनी र एक नर्सको रिपोर्ट कोरोना पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा सारियो । उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो । उनको मृत्युको कारण क्रिटिकल कोभिड नै भएको उपचारमा संलग्न डा.अर्जुन अधिकारीले बताए ।
‘अन्य केसभन्दा यो अलि फरक छ । उनको मृत्यु क्रिटिकल कोभिडकै कारण भएको देखिन्छ, ’प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि पनि आउनुभएको छ । यसको अध्ययन भइरहेको छ ।’
कास्की सेवा अस्पताल जानुपहिला ती महिला पोखराकै सार्इ अर्चना अस्पतालमा उपचार गरी फर्किएकी थिइन् । त्यहाँ ४ दिन उपचार गरेर घर फर्किएकी उनी शुक्रबार फेरि स्वास प्रश्वासमा समस्या भएपछि सार्र्इ अर्चनामै पुगेकी थिइन् । सार्इ अर्चनाले उनलाई मणिपालमा रिफर गर्‍यो । मणिपालले इमर्जेन्सीमा राखेर सोधपुछ गरेपछि बेड छैन भनेर कास्की सेवा हस्पिटलमा पठाएको थियो ।
कास्की सेवामा आईसीयूमा राखेर उपचार हुँदै गर्दा स्वास्थ्य बिग्रदो अवस्थामा गएको र परीक्षणपछि कोरोना संक्रमण देखिएको हस्पिटलका निर्देशक डा.पदम खड्काले बताए । ‘उहाँमा दीर्घ रोग थिएन । श्वासप्रश्वास र ज्वरोको समस्याले पछिल्लो समय औषधि खाएको देखिएको छ,’ डा. खड्काले भने ।
गण्डकी प्रदेशमा यसअघि मृत्यु भएका संक्रमित दीर्घ रोगी थिए । तर उनी दीर्घ रोगी नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक आचार्यले पनि बताए ।
पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीका अनुसार उनी ८र१० वर्षदेखि पोखरा–१२ को चापापानीमा बस्दै आएकी थिइन् । दीर्घ रोग नभए पनि पछिल्लो समय बिरामी भएर अस्पताल गइरहनुपर्ने समस्या भएको आफुले थाहा पाएको कार्कीले बताए ।
मृतक महिलाको पोखरा–३२ मा शव व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ, जसमा पोखरामा ३ जना छन् । गण्डकी प्रदेशभरि मृतकको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->