पोखरा, ११ भदौ – पोखरामा जुवाको खालबाट नगदसहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपलिका –१४ खसिबजारमा नगद एक लाख ३६ हजार १ सय ७० रुपैँया सहित सहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
खसीबजारको चन्द्र बहादुर श्रेष्ठको घरमा जित बहादुर कुवंरले संचालन गर्दै आएको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लि.को कोठामा अबैध रुपमा जुवातास खेल्दै गरेको अवस्थामा नगदसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ‘अवैध रुपमा जुवा खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो’ प्रवक्ता हमालले भने । जुवा खेलीरहेको अबस्थामा फेलापारी खानतलासी गर्दा उनीहरुकोे साथबाट नगद सहित तास समेत बरामद भएको हमालले बताए । पक्राउ पर्नेमा पोखरा–१३ मियापाटनका ४२ वर्षीय जीबन नेपाली, पोखरा–१३ बाझापाटनका ३५ वर्षीय ओम बहादुर नेपाली, पोखरा–१० रामबजारका ५४ वर्षीय देबिलाल तिमिल्सिना, पोखरा–१४ बिपिमार्गका ४० वर्षीय कृष्णहरी दवाडी र १४ चाउथेका ४० वर्षीय ओम बहादुर आले रहेका छन ।
मोवाइल एप सञ्चालन गर्दै कास्की प्रहरी
जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको काम कारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्यले मोवाइल एप सञ्चालनमा ल्याएको छ । समुदायमा घट्ने अपराधिक कृयाकलाप, अपराधिक घटनाहरु तथा सुचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गर्नका लागी मोवाइल एप ल्याइएको हो । विहिवार भिडियोको माध्येमबाट एप सार्वजानिक गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले मोवाईल एप सम्बन्धी जानकारी समेत दिए । एपले प्रहरीलाई प्रविधिमैत्री बनाइ प्रहरी गतिविधिमा सहजता ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।
जिल्लामा थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्नुका साथै समग्र रुपमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले सुचनाको माध्यम ‘नेपाल प्रहरीको मोवाईल एप’ प्रयोगमा ल्याईएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । ‘गण्डकी प्रदेशमै पहिलो पटक यस कार्यालयबाट सुभारम्भ गरिएको छ’ उनले भने ।





