सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

पोखरा, १५ भदौ– पोखरामा ९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ परेका छन । पोखरा–९ रामबजारकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवा–७ का ५५ वर्षीय रेसबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
गुरुङ बालिकाकै छिमेकी हुन । ‘उनले ४/५ महिना देखि बलत्कार गर्दै आएका रहेछन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास हमालले भने । गुरुङ रामबजार नै बस्दै आएका छन । छिमेकीले थाहा पाएपछि उनी पोखराबाट गएका थिए ।
उनले भदौ २ गते बालिका माथी जवरजस्ती गरेको आरोप छ । गुरुङ माथी जवरजस्ती करणी मुद्दामा अनुसन्धान भैरहेको प्रवक्ता हमालले जानकारी दिए । गुरुङले ललाइफकाई बारम्बार बालिका माथी यौन शोषण गर्दै आएको प्रहरीको भनाइ छ । आइतवार पक्राउ परेका उनीमाथी थप अनुसन्धान भैराखेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->