पोखरा, १५ भनौ– पोखरामा नवजात शिशुको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित फिर्के खोलामा सालनालसहितको शिशुको शव फेला परेको हो । सेतो प्लाष्टिक भित्र राखि फालिएको सो शवछोरा जातको भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोली घटना स्थल पुगेको थियो सोमबार बिहान शव फेला परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
यता, पोखरा–१८ सेदी बगरमा सिन्धुली जिल्लाको दुधौली गाउँपालिका हाँडिखोला स्थायी घर भएका २५ वर्षीय गुञ्जबहादुर सार्की मृत अवस्थामा भेटिएका छन् । पोखरा–१८ मा ज्याला मजदुरी गर्दै आएका उनी मृत भेटिएसँगै घटनाको अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।





