बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

६ केजी गाजा सहित पोखरामा दुई युवा पक्राउ

६ केजी गाजा सहित पोखरामा दुई युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

पोखरा, १५ भदौ– पोखरामा ६ केजी गाजा सहित दुई युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट दुई युवालाई गाजा सहित कास्की प्रहरीले पक्राउ गरेको हो ।
पोखराको विभिन्न स्थानमा गाजा विक्रि वितरण गर्दै आइरहेका उनीहरुको साथबाट ठुलो मात्रामा गाजा बरामद गरिएको हो । तनहुँ घर भई पोखरा–१७ विरौटा बस्दै आएका २३ वर्षीय संजोक बि।क। र विरौटाकै २० वर्षीय शिलास बि।क। लाई प्रहरीले पक्राउ गरेको प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ६ केजी एक सय ग्राम गाजा सहित उनीहरुको साथबाट एक थान लागुऔषध जोख्ने मेसीन र मोटरसाइकल समेत बरामद गरिएको छ ।
‘हामीले लागूऔषध बिक्रीबितरण तथा ओसारपसार गरेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेका छौँ’ प्रवक्ता हमालले भने । राती करिब साढे १० बजे गाजा लिएर हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->