बागलुङ, १८ भदौ– ताराखोला गाउँपालिकाले भुजीखोला बाढी पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ । वुधवार रातीको बाढिका कारण घरबार विहिन बनेका नागरिकहरुकालागि तत्कालको लागि अत्यावश्यक खाद्य सामाग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती सहितको टोलिले ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुन र प्रमुख प्रशाशकिय अधिकृत धनप्रसाद पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाको टोलि आवश्यक सहयोगकालागि घटनास्थल बोबाङ पुगेको अध्यक्ष घर्तिले बताए । ‘एकाविहानैको दुःखद खबरले हाम्रो मनपनि दुख्यो, तत्कालकालागि अति आवश्यक खाद्यसामाग्री सहयोग गरेका छौ’ अध्यक्ष घर्तीले भने ‘उद्दार, राहत र पुनःस्थापनाका लागि थप सहयोग र पहल गर्ने छौ ।’
ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर नेतृत्वको एक टोली गाउँपालिकाको तर्फबाट २ लाख ३० हजार रुपैयाँ बराबारको खाद्य, लत्ताकपडा तथा स्वास्थ्य सामाग्री लिएर बोबाङ पुगेको हो ।





