सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिहिबार फर्केका गृहमन्त्री शुक्रबार पुनः ढोरपाटन पुग्दै

बिहिबार फर्केका गृहमन्त्री शुक्रबार पुनः ढोरपाटन पुग्दै


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

बागलुङ, १९ भदौ– बिहिबार मौसम खराबीका कारण बाटोबाटै काठमाण्डौ फर्किएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ शुक्रबार बिहान पुनः ढोरपाटनको बाढीपहिरो प्रभावित क्षेत्रतर्फ उडेका छन् । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललाई लिएर गृहमन्त्री थापाको टोली ढोरपाटनका लागि उडेको हो । उनीहरु राहत सामग्रीसहित बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्ने छन् । बागलुङको ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री र स्वास्थ्य विज्ञ लिएर बिहिबार काठमाण्डौबाट उडेको नेपाली सेनाको हेलिकप्टर खराव मौसमका कारण पोखरा विमानस्थलमा अवतरण गरेको केहीबेर पछि काठमाण्डौ फर्किएको थियो । शुक्रबार ढोरपाटनका लागि उडेको हेलिकोप्टरमा गृहमन्त्री थापा, सांसद पौडेल, विपत विज्ञ, स्वास्थ्यकर्मी सहितको टोली छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->