मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गृहमन्त्री थापाको टोलि पहिरो प्रभावित क्षेत्र पुग्यो

गृहमन्त्री थापाको टोलि पहिरो प्रभावित क्षेत्र पुग्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

तस्विरः पहिरो प्रभावित क्षेत्रका लागि काठमाण्डौबाट प्रस्थान गर्ने समयको हो ।

बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङको पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बिहान १०ः ४५ बजे प्रहिरो प्रभावित क्षेत्रमा अवतरण गरेको प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । थापासँगै प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सिईओ शुशिल ज्ञवाली पनि पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । राहत तथा स्वास्थ्य सामग्रीसहित प्रहरो प्रभावित क्षेत्र पुगेका गृहमन्त्री अवलोकन पछि केहीबेरमा काठमाण्डौ फर्किने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->