मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

थप दुई शवको सनाखत, खोला किनारमा बेपत्ताको खोजी

थप दुई शवको सनाखत, खोला किनारमा बेपत्ताको खोजी


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

बागलुङ, १९ भदौ– बुधबार रातीको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये थप दुई जनाको सनाखत भएको छ । पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ की ३५ वर्षिया रिना कुमारी घर्ति र २१ वर्षिया दिलमाया पुन रहेका छन् ।
यसअघि सोही ठाउँकी २६ वर्षकी केशमाया विक, ४५ वर्षिय विरे विक, २२ वर्षिय जीवन विक र ११ वर्षिय डल्ले बिक रहेको सनाखत भएको थियो । उनीहरुको शव पोष्टमार्टम भैरहेको र परिवारको जिम्मा लगाउने तयारी भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । शव भेटिएका नौ जनाको अझै सनाखत हुन नसकेको रेग्मीले बताउनुभयो । पहिरोमा परी २४ जना बेपत्ता छन् ।
प्रहरीले बेपत्ताहरुको खोजीका लागि प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा १५ जनाको समुह भुजीखोला र बडिगाड खोलामा खटाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले समेत खोजी गरिरहेको भएपनि हालसम्म बेपत्ता कोही पनि नभेटिएको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->