
बागलुङ, १९ भदौ– नेपाल निजामती कर्मचारी युनियन संघले आफ्नो २९ औं स्थापना दिवशको अवसर पारेर शुक्रबार बागलुङ बजारस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
कोरोना जोखिमका कारण सभा सम्मेलन गर्ने वातावरण नभएपछि आफ्नो स्थापना दिवसको खर्च आश्रममा सहयोग गरिएको अध्यक्ष देव शर्मा आचार्यले बताए । मानवताको नाताले मानवको सेवा गुर्न पर्दछ भन्ने भावनाले सहयोग गरेको भन्दै उनले अन्य क्षेत्रले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।
संघले आश्रमका लागि दाल, चामल, तेल नुन, लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बागलुङका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, आश्रमकी संचालक सुमिरा लामा, संघका सचिव आनन्द रिजाल लगायतले बोलेका थिए ।





