आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘अधिकार खोज्नेलाई तर्साइयो’

‘अधिकार खोज्नेलाई तर्साइयो’


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

बागलुङ, १९ भदौ– बागलुङ नगरपालिकाको कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा दलितका बालबालिकाले पनि संस्कृत पढ्न पाउनुपर्ने मागमा सुनुवाई हुनुको साटो तर्साउने काम भएको दलित अधिकारकर्मीले बताएका छन् ।
संयुक्त दलीत संघर्ष समितिको तर्फबाट अध्यक्ष टिकाकुमारी विश्वकर्माले विज्ञप्ती प्रकाशित गरेर अधिकारकर्मीलाई तर्साउने काम भएको बताइन् । २०६८ सालदेखि निरन्तर आवाज उठाएको, दलितका बालबालिका पनि संस्कृत पढ्न पाउनुपर्ने माग उठीरहेको बेला विद्यालयका सल्लाहकार ऋषि प्रपन्नाचार्यले स्थानीय बुढापाका जम्मा गरेर विरोध गर्नुको साटो अभियानमा अगुवाई गरेका चन्द्रकान्त पौडेललाई अवरोध गरेको आरोप लगाइएको छ । कुटपिट गर्न तम्सेको भन्दै विभेद हुने शब्दहरु प्रयोग गरेको पनि विज्ञप्तीमा आरोप लगाइएको छ ।
जथाभावी बोलेर गालीगलौज र कुट्न अघि सरेको, कुनैहालतमा पढ्न दिंदैनौ भनेर बोलेको भिडियोसमेत सार्वजनिक भएपछि दलित वर्गको प्रतिष्ठामा आँच आएको बताइएको छ । पौडेलले प्रहरी कार्यालयमा आएर ज्यान बचाएको समेत विज्ञप्तीमा उल्लेख छ । पौडेलको सुरक्षा गर्न र अधिकारका लागि फेरी पनि लड्नुपर्ने अवस्थाको अन्त्यका लागि सबैको साथ र सहयोगको पनि आग्रह गरिएको छ । उक्त घटनामा प्रशासनको ध्यान पुग्नुपर्ने समेत विश्वकर्माले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->