सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ पहिरो : हराएका २४ मध्ये थप एक जनाको शव भेटियो

बागलुङ पहिरो : हराएका २४ मध्ये थप एक जनाको शव भेटियो


  • ढोरपाटन संबाददाता
  • भाद्र २० २०७७, शनिबार

बागलुङ, २० भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराईरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोजीका क्रममा शनिवार बिहान भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।
बिभत्स शवको उमेर अन्दाज गर्न समेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बाढीपहिरोमा २३ जना अझै हराईरहेका छन् । हराएकाहरुमा १५ दिने शिशुदेखी बयोबृद्धसमेत छन् ।
मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ । भूजीखोलामा फेला परेको शव बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भैरहेको छ । प्रहरीले हराएकाहरुको खोजीकार्य जारी राखेको छ । शनिवार पनि बिहानैदेखि खोजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->