सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशसभा सचिवालयले बल्ल पायो पोखरेल सचिव

गण्डकी प्रदेशसभा सचिवालयले बल्ल पायो पोखरेल सचिव


  • Dhorpatan News
  • भाद्र २० २०७७, शनिबार

पोखरा, २० भदौ – गण्डकी प्रदेशसभा सचिवालयले बल्ल सचिव पाएको छ । निमित्तको भरमा चलेको प्रदेशसभा सचिवालयमा शुक्रबार अधिवक्ता हरिराज पोखरेललाई सचिव नियुक्त गरिएको हो । गण्डकी प्रदेश प्रमुख अमिक सेरचनले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा पोखरेललाई शुक्रबार सचिव नियुक्त गरेको प्रदेश प्रम्खका संचार संयोजक रुद्र श्रीस मगरले जानकारी दिए । नेपालको संविधानको धारा १९५ को उपधारा १ अनुसार प्रदेश प्रमुखले सचिव नियुक्त गरेका हुन् । पोखरा निर्मलपोखरीको फोक्सिङ पोखरेलथोकका पोखरेल यसअघि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानूनी सल्लाहकार थिए । राजनीतिक रुपले सत्तारुढ पार्टी निकट रहेका पोखरेल कानून व्यवसायी पनि हुन् । हाल उनी पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->